सप्तरीको कृषकले लगाइएको धान बालीमध्ये ६ हजार हेक्टरको १८ हजार मेट्रिक टन धानबाली बाढीले नष्ट गर्दा अनुमानित ३० करोड बराबरको क्षति भएको छ ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताउनुभएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएको छ ।
लामो समयसम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भइ ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको औल्याउनुभएको छ । मङ्गलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
धनुषा जिल्लाको धनौजी गाउँपालिकामा स्कुल बसले ठक्कर दिँदा रामजानकी बोर्डिङ स्कुलकी ११ वर्षीया बालिकाको ज्यान गएको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ति शिविर सुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवम् व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नवीकरणसम्बन्धि सबै सेवा वडा, टोलबाट प्रदान गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको नरपालीका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिनुभयो ।
कालिगण्डकी कोरिडोरमा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । यो सिजन मुस्ताङ भ्रमणका लागि अनुकूल समय हो ।
नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरिने भएको छ । नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औँ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई सम्मान गर्ने भएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानवका लागि खाना, नाना र छानाभन्दा ठुलो मानवीयता अरू केही नहुने बताउनुभएको छ ।
पश्चिम मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालले व्यावसायिक फूलखेती गर्नुभएको छ । सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने पर्वका रूपमा मानिने तिहारका लागि उहाँले कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएको हो ।
सहकारीपीडितहरुले रुपन्देही जिल्ला अदालत भैरहवा अगाडि विरोध प्रदर्शन गरेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडितले मङ्गलबार अदालत अघि विरोध प्रदर्शन गरेका हुन् ।
पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।
नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो ।