• १० कात्तिक २०८१, शनिबार

रुप्से झरनाको अवलोकन गर्दै पर्यटक

blog

रुप्से झरना अवलोकन गर्दै पर्यटक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ६  गते ।
कालिगण्डकी कोरिडोरमा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । यो सिजन मुस्ताङ भ्रमणका लागि अनुकूल समय हो । घाँसा प्रहरीका अनुसार अहिले दैनिक रुपमा स्वदेशी र विदेशी गरी करिब चार हजारको सङ्ख्यामा पर्यटक कालिगण्डकी कोरिडोर हुँदै जोमसोम पुग्ने गरेका छन् ।

मुस्ताङ भ्रमणमा हिँडेका पर्यटकहरु अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा सवारीसाधन रोकेर झरनाको अवलोकन गर्ने गरेका छन् । दसैँ तिहार बिदाको अवसरमा भ्रमणमा निस्केका पर्यटकका कारण रुप्सेमा बिहानैदेखि पर्यटकको भीड लाग्ने गरेको दानाका स्थानीय धनबहादुर पुर्जाले बताउनुभयो ।

चारवर्ष अघि बाढी र पहिरोका कारण रुप्सेमा निर्माण भएका पूर्वाधारहरु भत्किएका कारण पर्यटकले सजिलै अवलोकन गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । पहिरो रोकथाम र पर्यटन पूर्वाधार निर्माण गरे पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुने स्थानीयवासी पुर्जाले बताउनुभयो ।