कैलालीमा रहेको एक निजी अस्पतालमा विपन्नलाई निःशुल्क डायलासिस सेवा सुरु भएको छ । धनगढीमा रहेको नवजीवन अस्पताल प्रालिले विपन्नलाई निःशुल्क डायलासिस सेवा दिन थालेको हो तर सेवा प्राप्तिका लागि स्थानीय सरकारको सिफारिसपत्र आवश्यक पर्ने गरेको जनाइएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो ।
डिभिजन वन कार्यालयसहित मातहतका पाँच वटा सबडिभिजन वन कार्यालयमा कर्मचारी नहुँदा बैतडीमा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । ४४ जना कर्मचारीको दरबन्दी रहेको डिभिजन वन कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी छैनन् । सात जना वन अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जथाभाबी डोजरले सडक खन्दा ४६६ हेक्टर वन सखाप भएको छ भने सोही सडक किनारमा जथाभाबी घरटहरालगायतका संरचना निर्माण गर्दा ११० हेक्टर गरेर कुल ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।
बुवाको ठेगाना खोजी गर्दै नागरिकता बनाउनका लागि हिमांशु र उहाँका भाइ रमेश जाजरकोटबाट बझाङ जिल्लाको सदरमुकाम चैनपुर आइपुग्नुभएको छ । जाजरकोटको भेरी नगरपालिकास्थित मावली गाउँ गिमबाट आएका दुई भाइले नागरिकता बनाउनका लागि प्रशासनसँग हारगुहार गर्नुभएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.७ लामाटोलमा सोमबार राति १० बजेतिर अज्ञात समूहले एक बालिकाको हत्या गरेको छ । खोटाङ जिल्लाको ऐंसेलुखर्क –६ ,ज्यामिरे स्थायी घर भई पथरीशनिश्चरे –७ लामाटोलमा फुपूको छोराको घरमा बस्दै आउनु भएकी ज्ञानुमति राईको हत्या भएको हो ।
देशले अवलम्बन गरेको दुई सदनात्मक संसदीय अभ्यासमा राष्ट्रिय सभा माथिल्लो सदन हो । स्थायी सदन मानिने राष्ट्रिय सभामा निर्वाचित एक तिहाइ सदस्यले सोमबार शपथ लिएका छन् । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने भएकाले पहिलो पटक २०७४ साल फागुनमा निर्वाचित सदस्यको छबर्से पदावधि सकिएको छ । यससँगै राष्ट्रिय सभाको एक चक्र पूरा भएको छ । नवनिर्वाचित सदस्यको आगमनसँगै राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलको हैसियतसमेत परिवर्तन भएको छ । दोस्रो ठुलो दल नेकपा (माओवादी केन्द्र) पहिलो दल बनेको छ । नेपाली कांग्रेस दोस्रो ठुलो दल बनेको छ । सबैभन्दा ठुलो दल रहेको नेकपा (एमाले) तेस्रोमा पुगेको छ ।
निर्वाचन लोकमत मापन गर्ने वैधानिक विधि हो । यो कुनै पनि देशका नागरिकले अभ्यास गर्ने सार्वभौम अधिकार हो । लोकतान्त्रिक देशहरूमा हुने निर्वाचनलाई विश्वभरबाट नै निकै चासो र उत्सुकताका साथ हेर्ने गरिन्छ । सन् २०२४ लोकतन्त्रका लागि निकै महत्वपूर्ण वर्ष हो । यस वर्ष विश्वभरका चार अर्बभन्दा बढी मानिसले आफ्नो मताधिकार प्रयोग गर्दै छन् । ४० देशमा फैलिएका विश्वको आधाभन्दा बढी जनसङ्ख्या यस वर्ष मतदानमा सहभागी हुने छन् । यस वर्षको सुरुवातसँगै पाकिस्तान, बङ्गलादेश, इन्डोनेसियामा निर्वाचन सम्पन्न भइसकेका छन् भने अमेरिका, भारत, रुस, बेलायत, ताइवान, मेक्सिको, दक्षिण अफ्रिकालगायतका देशमा राष्ट्रिय चुनाव हुँदै छ । यसै वर्ष युरोपेली सङ्घमा पनि चुनाव हुँदै छ । लोकतान्त्रिक प्रक्रियाबाट हुने स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित निर्वाचनबाट आफूले रोजेको प्रतिनिधि
चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
शाब्दिक रूपमा सङ्घीयता भनेको आपसी सहकार्य, सम्बन्ध र एकता हो । सङ्घीयताले सरकारका विभिन्न तहको बिचमा राजनीतिक शक्तिको बाँडफाँट र समायोजन गर्ने गर्दछ । सङ्घीयताको आधुनिक अवधारणा सन् १७८७ को अमेरिकाको संविधानबाट आएको हो । यो अवधारणा चाहिँ प्राचीन ग्रिस, संयुक्त नेदरल्यान्ड र ब्रिटिस साम्राज्यबाट लिइएको हो । यो अवधारणामा दुई तहका सरकारको स्वतन्त्रतालाई जोड दिइएको थियो । राज्यमा दुई वा दुईभन्दा बढी तहको सरकार रहेको राजनीतिक प्रणाली वा शासन व्यवस्थालाई सङ्घीय शासन प्रणाली भनिन्छ । एकात्मक प्रणालीमा पनि तहगत सरकार त हुन सक्छन् तर यहाँ तहगत सरकार केन्द्रीय निकायको वैधानिक संरचनामा हुन्छन् भने सङ्घीयतामा ती तहको संवैधानिक स्वायत्तता हुन्छ ।
अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो देखिए पनि आन्तरिक अर्थतन्त्रमा भने खासै सुधार हुन सकेको छैन । बाह्य अर्थतन्त्र अन्तर्गत पर्ने विप्रेषण निकै राम्रो देखिन्छ । करिब १४ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । पर्यटन व्यवसाय सकारात्मक हुँदै गएको छ । देशबाट बाहिर जाने र भित्रिने विदेशी मुद्राको अन्तर शोधनान्तर अनुकूल देखिएको छ । आयातमा नियन्त्रण गरिएकाले धेरै रकम बाहिरिएको अवस्था छैन । निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन । यद्यपि यसमा पनि
कानुनी व्यक्ति र प्र्राकृतिक व्यक्तिको मूल भिन्नता भनेको कानुनी व्यक्तिले कानुनले तोकेको मात्र कार्य गर्न सक्दछ भने प्राकृतिक व्यक्तिले कानुनले निषेध गरेकोभन्दा बाहेक जति पनि कार्य गर्न सक्दछ । विधिशास्त्री साल्मन्डले भने, “व्यक्ति त्यो हो, जसले अधिकार र कर्तव्य पूरा गर्न सक्छ ।” मूलतः व्यक्ति दुई प्रकारका हुन्छन् । कानुनी र प्राकृतिक व्यक्ति । कानुनी व्यक्ति कानुनद्वारा सृजित वा गठित गरिएका हुन्छन् भने प्राकृतिक व्यक्तिमा मानिस पर्छन् । कानुन अनुसार जन्मेका सबै मानिस व्य
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।
बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ यही चैत १८ सम्म मञ्चन हुने आयोजकले जनाइएको छ । समले लेख्नुभएको नाटक मञ्चीय दृष्टिकोणबाट हेर्दा जटिल छन् भन्ने भाष्य निर्माण भएको छ । यो नाटक सरल, स्वभाविक र कोमल संवादले भरिपूर्ण रहेको खतिवडाले जानकारी दिनुभयो ।
‘रङ्गेली’ नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रमाणपत्र दिन अस्वीकार गरेको विषयमा चौतर्फी विरोध भएपछि बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ । चलचित्र पिजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने छ । सेन्सरले चलचित्रको आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेपछि चलचित्रकर्मीले सामाजिक सञ्जालमार्फत विरोध गरेका थिए । चलचित्रकर्मीको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’ लाई सहज रूपमै प्रमाणपत्र दिएको हो ।