शिवा तामाङकाठमाडौँ, फागुन २२ गते । अमूर्त कलामा विगत तीन दशकदेखि निरन्तर लाग्नुभएका कलाकारको नाम हो नरेन्द्र भट्टराई । चित्र कोर्न भनेपछि सबै काम बिर्सने कलाकार अमूर्त कलाको विकास र यसको प्रचारमा लगातार रूपमा सक्दो प्रयासमा जुटिरहनुभएको छ । नेपाली कला क्षेत्रमा करिब करिब गुमनाम रूपमै आफ्नो कलायात्रालाई अगाडि बढाइरहनुभएका कलाकार नरेन्द्रले अमूर्त कलामा बढी क्यानभास रङ्ग्याउने गर्नुभएको छ । हुलाकमा जागिरे पिताको साथमा थुप्रै जिल्लामा बस्ने, घुम्ने अवसरका कारण उहाँले बाल्यकालदेखि नै प्रकृतिसँगको सामीप्यको अनुभव गर्नुभयो । कलाकार नरेन्द्र भन्नुहुन्छ, “प्रकृतिले फुर्सदमा सजाएको देशमा जन्मने सौभाग्य मात्र होइन, बाल्यकालमा जुन बहानाले घुम्ने मौका पाएँ, त्यसबेला त्यत्ति जानकारी नभए पनि मैले जब चित्र बनाउने सामान्य प्रशिक्षण लिएँ, करिब तीन दशकदेखि तिनै प्रकृतिको वरिपरि मेरो कलायात्रा घुमिरहेको छ ।” बुटवल निवासी कलाकार नरेन्द्रले राजधानीलाई कर्मथलो बनाउँदै अगाडि बढाउनुभएको कलायात्राको समर्पणलाई हालै सम्पन्न अरनिको दिवसमा १० हजार रुपियाँसहित अमात्य अमूर्त कला पुरस्कारबाट सम्मान गरिएको थियो ।उहाँले नेपालमा आधुनिक कलाको प्रवर्धकका रूपमा स्थापित वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले राख्नुभएको उक्त अमात्य अमूर्त कला पुरस्कार पाउँदा तीन दशकदेखिको कलायात्रामा थप जिम्मेवारीको साथै खुसी लागेको बताउनुभयो । आफ्नो पेसागत धर्म निर्वाह गर्नमा व्यस्त उहाँ कलासम्बन्धी विभिन्न सङ्घ संस्थाको नेतृत्व गर्नभन्दा क्यानभास, रङ, ब्रस चलाउनै मन पराउनुहुन्छ । निरन्तर काममा व्यस्त हुने भएकाले होला उहाँ खासै चर्चामा आउन रुचाउनुहुन्न । कलाकारले सिर्जना गरेको चित्र सङ्कलन गरी क्रेतासम्म पु¥याउने पुलको काम गरिरहनुभएका बिआर श्रेष्ठले कलाकार नरेन्द्रको कलाकारिता र क्षमताबाट विगत लामो समयदेखि आफू परिचित रहेको बताउँदै पूरै अमूर्त र अर्ध अमूर्त कलामा पोख्त उहाँको सिर्जना धेरैले मन पराउने गरेका छन् । चित्रकलाको प्रशिक्षण लिँदादेखि नै परिचित कलाकार नरेन्द्र घरमै बसेर चित्र बनाउनुहुन्छ, घर र ग्यालरीसम्मको मात्र यात्रा गरिरहने कलाकारमध्ये उहाँ पनि पर्नुहुन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
बालसाहित्यका चार पुस्तकको एकै पटक लोकार्पण गरिएको छ । त्रिदेव पौडेलको ‘मेरा बाल सिर्जनाहरू’, ‘नेपाललाई नेपाल बनाउने चाहना’, तिलोत्तम पौडेलको ‘बाल सहभागिता र बालक्लब’ र डा. देवकी आचार्यको ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त रूपमा लोकार्पण गरिएको हो । पूर्वपरराष्ट्रमन्त्री तथा साहित्यकार प्रदीप ज्ञवालीले लेखक त्रिदेव पौडेलले लेखेका कृतिले देशको राजनीतिलगायत विविध क्षेत्रको नेतृत्वलाई समेत प्रेरणा दिन सक्ने बताउनुभयो ।
तानसेन नगरपालिकाले आन्तरिक आम्दानीमा वृद्धि गर्न आफैँ व्यापार महोत्सव गरेको छ । नगरपालिकाको आन्तरिक आम्दानी बढाउने मुख्य उद्देश्य राखेर नगरपालिका आफैँले कृषि, पर्यटन तथा व्यापार गरेको हो । विगतमा पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घले तानसेनमा व्यापार महोत्सव गर्दै आएका थिए । यस पटक नगरपाालिकाले आफ्नो आन्तरिक आम्दानी वृद्धि गर्न आफैँ मुख्य आयोजक बनेर महोत्सवको आयोजना गरेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
दुधको किसानलाई भुक्तानी दिने विषयमा सरकार, केन्द्रीय दुग्ध सहकारी सङ्घ र डेरी उद्योगीबिच भएको पाँचबुँदे सम्झौता विवादमा आएको छ । सो सम्झौताप्रति असहमति जनाउँदै केही सङ्घ संस्थाले आन्दोलनलाई निरन्तरता दिएका छन् । चैत २१ गतेभित्र पुस मसान्तभित्रको सम्पूर्ण बक्यौता रकम किसानलाई भुक्तानी दिने भनी फागुन १९ गते राति सरकार र डेरी उद्योगीबिच सम्झौता भएको थियो ।
मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला प्लाइउडको निर्यात भने दोब्बरले बढेको छ । छिमेकी मुलुक भारतमा प्लाइउडको माग बढेपछि निर्यातमा ९४ प्रतिशतले बढेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म चार अर्ब २१ करोड १४ लाख ६४ हजार रुपियाँको प्लाइउड निर्यात भएको छ । गत आवको सात महिनामा दुुई अर्ब १६ करोड २३ लाख ६४ हजार रुपियाँको प्लाइउड निर्यात भएको थियो ।
छोरा जन्मे फजुल खर्च गरेर भए पनि खुसियाली मनाउने परिपाटी छ तर २०४५ सालमा बैतडीको सुनर्या–३, गोयलीमा नन्दराज भट्टको जन्म हुँदा भने परिवारका कसैलाई पनि शुभसमेत लागेन । जेठो सन्तान अशक्त जन्मेको देखेर छरछिमेक र समाजले नानाथरी कुरा काटे । कुल बिग्रेर वा देवीदेवता रिसाएर यस्तो भएको भन्दै उनीहरूले बच्चा नराख्न सुझाए । नन्दराजको परिवारभित्रै पनि बच्चा राख्न नहुने कुरा चल्यो ।
नयाँ समीकरण बनेसँगै बसेको चार दलका शीर्ष नेताको बैठकले सरकार सञ्चालनसम्बन्धी आठ बुँदे सहमति गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेट्न उहाँको निजी निवास कोटेश्वर पुग्नुभएको छ ।
नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीले प्राविधिक शिक्षातर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ।
नेपालमा औषधीमा नियमन गर्नका लागि औषधी उद्योगी, आयातकर्ता र निर्यातकर्ता, बिक्री सहकार्यको आवश्यक रहेको बताइएको छ।
एपीएफ क्लब, बागमती, लुम्बिनी र कोशी प्रदेश प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने भएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारको क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताउनुभएको छ । विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा काम भइरहेको उहाँको भनाइ छ ।
आयोजक यूथ फुटबल क्लबले छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।