प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हल परिसरमा राखिएका क्याफेले अबदेखि प्रशोधित बोतलको पानी र अन्य प्याकेजिङ गरेका खाने कुरामा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिनेलाई कारबाही गर्ने भएको छ ।
पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले रु छ हजार भाडा मागेको मागेको गुनासो गर्नुभयो ।
उमेरले उहाँ तीन दशकको पेरिफेरीमा छिन तर जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पा लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नु हुन्छ ।
सहकारी बचत अपचलनमा पक्राउ परी कास्कीबाट रुपन्देही ल्याइएका पूर्वडिआइजी छविलाल जोशीसँग मङ्गलबार बयान लिइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ ।
हिमाल आरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङका पर्वतीय पथप्रदर्शक ४५ वर्षीय पासाङकिदर शेर्पाले यहाँको छ हजार १२५ मिटर अग्लो ‘बेदिङ गो’ नामक हिमाल आरोहण गर्ने ‘नर्थ वेस्ट रिच’ नयाँ बाटो पत्ता लगाउनुभएको छ ।
रक्षामन्त्री मानवीर राईले मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा थप बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
रोटरी इन्टरनेसनलले पोलियो अन्त्यका लागि अभियान सञ्चालन गर्ने भएको छ । सोमबार रोटरी इन्टरनेसनलले आयोजना गरेको पत्रकार सम्मेलनमा रोटरीले पोलियो अन्त्यका लागि अभियानसहित सात वटै प्रदेशमा पोलियोविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइयो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन समिति सभापति र दलका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।
असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण सुरु गरेको छ ।
सरकारले सबै सरकारी कार्यालयका वेबसाइट समान प्रकृतिका बनाउने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक छिट्टै पारित हुने बताउनुभएको छ ।
यस वर्ष विश्वको आर्थिक वृद्धि केही घटेर तीन दशमलव दुई प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अनुमान गरिएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार घोषणा गरेको छ ।