नारायणगढ–मुग्लिन सडकखण्डको बीचमा पर्ने तुइन खोलामा पुल बनाउन अवरोधक बनेको पहरो फोर्न आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको फाइल काठमाडौंस्थित भारतीय दूतावासमा पुगेको देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताउनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देश विदेशमा रहनु भएका सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ।
भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयावधिभित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको छ । ठेक्का लिएर सम्झौता गरिसकेका तर समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको हो ।
बुद्धभूमि ५ राजपुरमा साँझ परेपछि साइकल लिएर घर फर्किदै गरेका बालक।
नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली काँग्रेसलाई घाटा भएको बताउनुभएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यसम्पादन उत्कृष्ट ठहरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदनअनुसार नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।
जिल्ला अस्पतालमा बिरामीको उपचारका लागि अभाव भइरहेका बेला हवाई मार्गबाट औषधि आइपुगेको छ । चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशका दश वटै जिल्लामा औषधि खरिद गरेर ढुवानी गर्ने जिम्मा लिएको प्रदेश स्वास्थ्य औषधि ब्यवस्थान केन्द्रले औषधि पठाएपछि तत्कालका लागि जिल्ला अस्पतालमा अत्यावश्यक औषधि आइपुगेको हो ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका –८ चिसापानीमा सुख्खा पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ । चिसापानीस्थित बाटोमा जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो आई पुरिँदा सोलुखुम्बु नेचासल्यान गाउँपालिका– २ घर भई हाल पाचँखाल नगरपालिका –८ चिसापानी २३ वर्षीय कुशल नेपाली (सुन्दास) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउन पुग्नुभएका एक बिरामीको पेटबाट खाली बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका धनगढी उपमहानगरपालिका –१४ फूलबारी ‘एच गाउँ’ का ६१ वर्षीय नागरिक जमनसिंह रोकामगरको पेटबाट भोड्का रक्सीको बोतल निकालिएको हो ।
वि.सं. २०७९ साल चैत ३० गते अर्थात् यो वर्षको अन्तिम सूर्यास्त । भक्तपुरबाट देखिएको यो वर्षको अन्तिम सूर्यास्तको दृश्य । तस्बिर : कविता थापा
नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ।