• २२ असार २०८१, शनिबार

सुख्खा पहिरोले पुरिँदा एकको मृत्यु, दुई घाइते

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, चैत ३० गते । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका –८ चिसापानीमा सुख्खा पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ । चिसापानीस्थित बाटोमा जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो आई पुरिँदा सोलुखुम्बु नेचासल्यान गाउँपालिका– २ घर भई हाल पाचँखाल नगरपालिका –८ चिसापानी २३ वर्षीय कुशल नेपाली (सुन्दास) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

सुख्खा पहिरोमा परेर घाइते भएका नेपालीको उपचारका क्रममा बिहीबार दिउँसो साढे ४ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुख्खा पहिरोमा परी ओखलढङगा मानेभञ्याङ गाउँपालिका –३ घर भई हाल पाचँखाल नगरपालिका –८ चिसापानी बस्ने २३ वर्षीया सन्जिता राई र उनका चार वर्षीय छोरा सविक राई घाइते भएको प्रहरीले जनाएको छ । 

पहिरोमा परी घाइते भएका आमा–छोरा दुवैको अवस्था सामान्य रहेको छ । दुवैको शरीरमा बाहिरी चोट नभएको र बोल्न सक्ने अवस्थामा रहेको धुलिखेल अस्पतालले जनाएको छ ।