• १३ असोज २०८१, आइतबार

बिरामीको पेटभित्रबाट बोतल निकालियो

blog

उपचारका क्रममा लिइएको पेटको एक्सरे । तस्बिर : सेती अस्पताल

अविनाश चौधरी

धनगढी, चैत ३० गते । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउन पुग्नुभएका एक बिरामीको पेटबाट खाली बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका धनगढी उपमहानगरपालिका –१४ फूलबारी ‘एच गाउँ’ का ६१ वर्षीय नागरिक जमनसिंह रोकामगरको पेटबाट भोड्का रक्सीको बोतल निकालिएको हो । 

अस्पतालका डा. शङ्कर अधिकारी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेर पेटभित्र रहेको बोतल निकालेको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो । 

मदिरा पिउने क्रममा साथीहरुले मलद्वारबाट पेटमा रक्सीको बोतल घुसाइ दिएको बिरामीले चिकित्सकसमक्ष बताउनुभएको छ । प्रहरीलाई उहाँले त्यसविरुद्धमा उजुरी भने गर्नुभएको छैन । शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको र सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।