• १३ मंसिर २०८१, बिहिबार

नेपालको विकासका लागि यूएई प्रतिबद्ध छ

blog

कार्यक्रममा आफ्नो भनाइ राख्दै यूएई राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सी । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), फागुन २१ गते। नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीले प्राविधिक शिक्षातर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ। कपिलवस्तुको मायादेवी गाँउपालिका २ भैसकुण्डास्थित मदरसा उम्मे अम्मार ईस्लामिया कन्या क्याम्पसमा आयोजित शैक्षिक प्रमाणपत्र वितरण कार्यक्रममा सो कुरा बताउनुभएको हो। 

उहाँले नेपालको विकासका लागि यूएई सरकारले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।  राजदूत  शम्सीले आफ्नो देशले नेपालका लागि जे जे हुनसक्छ, त्यो काम गर्ने बताउनुभयो। आफ्नो देशले संसारभर नै मानव कल्याणका लागि सामाजिक काम गर्दैै आएको उहाँको भनाइ छ। उहाँले नेपालको प्रगतिको कामना गर्नुभयो। शैक्षिक प्रमाण पत्र पाएका कन्यालाई बधाई दिँदै उहाँले भविष्यमा सीप र कलासँग जोडन आग्रह गर्नुभयो।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकान्त गुप्ताले नेपाल र यूएईको प्रगाढ सम्बन्धको कामना गर्दै आफ्नो देशको सामुदायिक विद्यालय र स्वास्थ्य सुधारतर्फ आफूहरु लागेको बताउनुभयो। बच्चाको भविष्यका लागि शिक्षामा सुधार गर्नुपर्ने उहाँको भनाइ छ। 

कन्या कलेजमा कक्षा ३ देखि स्नातकसम्म पाढाई हुने गरेको कन्या क्याम्पसका प्रमुख हिभलजुल रहमानले बताउनुभयो।