• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड नेपाल निवास कोटेश्वरमा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालसँग भेट गर्नुहुँदै ।

काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेट्न उहाँको निजी निवास कोटेश्वर पुग्नुभएको छ । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड अध्यक्ष नेपालको स्वास्थ्य लाभको कामना गर्न कोटेश्वरस्थित निवासमा पुग्नुभएको हो । प्रधानमन्त्रीले भेटमा अध्यक्ष नेपालको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।  

भेटमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी हुनुहुन्थ्यो ।