प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५-२०७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो ।
शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित बनेको छ । वर्षौदेखि शौचालयको ढल नालीमा छोडिँदै आएको छ ।
अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताउनुभयो ।
मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय ( हेडक्वाटर) तानिएसँगै जिल्लामा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानविन र अनुसन्धान अगाडि बढाएको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
खजुगल गाउँपालिका–१ र ४ र लिसंखुपाखर गापा–३ मा पहिरोले परिवारका सदस्य गुमाएका पहिरो पीडितलाई सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले नगद सहयोग गरिएको छ ।
सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका –६ सेलेघाट जोड्ने सुनकोसी नदीमा निर्माण गरिएको बेलीब्रिज आजबाट सञ्चालनमा आएको छ ।
सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण तीन वर्षअघि कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडकखण्ड जीर्ण बनेको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले बाँकेको नेपालगन्जमा महोत्सव सञ्चालन गर्ने भएको छ ।
बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण अन्नबाली जोगाउन समस्या परेको गुनासो गरेका छन् । जानकी–५, गुरुवागाउँका रामकुमार यादवले भन्नुभयो, “न घर जोगाउन सकियो, न त अन्नबाली नै । यसबारे स्थानीय सरकार पूरै जानकार भए पनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।”
हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
लगातार परेको वर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परिरहेकाले वर्षभरि दुःख गरेर फलाएको धान किसानले घर भित्र्याउन नपाउँदा तनाव भएको छ ।
माथिल्लो मुस्ताङको ल्होमन्थाङ पुग्ने पर्यटकका लागि यहाँ सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा र स्वास्थ्यका भवन निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।