कमलामाई नगरपालिका–३, चपौलीस्थित ‘कलाघर सिन्धुली’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माणाधीन कलाघरको अवलोकनमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।
तानसेनस्थित ऐतिहासिक पाल्पा दरबार परिसरमा पुरानै स्वरूपमा संरचना बनाउन सुरु भएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा पर्खाल, गेट, आँगन तथा मूलढोका बनाउन सुरु भएको हो । तानसेन मखनटोलतर्फको बाहिरी भागमा ऐतिहासिक स्वरूपमा डेढ महिनादेखि पर्खाल बनाउने काम भइरहेको छ । १९११ सालमा दरबारको सुरक्षाका लागि परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको वाल (पर्खाल) लगाइएको थियो । सोही पर्खालको आकार तथा स्वरूपमा पुरातत्व विभाग र लुम्बिनी प्रदेश सरकारको लगानीमा बनाउन थालिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक आज अपराह्न तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्वासेलाई कानुन बनाउने जिम्मेवारी पाएका सांसदले कानुन बनाउँदा सबै वर्ग, जाति र समुदायलाई न्याय प्रदान गर्न सक्नुपर्छ भन्ने लाग्छ ।
थारू समुदायका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले एक वर्षअघि सुरु गरिएको थारू भान्साघर आयआर्जनको प्रभावकारी माध्यम बनेको छ । कुनै पनि आयआर्जनका कार्यक्रममा जोडिन नपाएका थारू समुदायका महिलालाई लक्षित गरी संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक सहयोगमा एक वर्षअघि भान्साघर सुरु गरिएको हो ।
आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रालय बाँडफाँड टुङ्गो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ ।
दैलेख जिल्लामा चार नगरपालिका र सात गाउँपालिका छन् । साबिकका तोलीजैसी, विसला, लकान्द्रको भूगोल मिलाएर ठाँटीकाँध गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको पूर्वमा दैलेख जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका, उत्तरमा कालीकोटको शुभकालिका गाउँपालिका, पश्चिममा दैलेखको आठबिस र दक्षिणमा चामुण्डाविन्द्रासैनी नगरपालिका पर्छ । ठाँटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा र स्रोतसाधनमा सम्पन्न भएर पनि आर्थिक रूपले कमजोर छ । लेकाली क्षेत्रमा पाइने नीलम ढुङ्गा र जौचौरमा भएको तामा खानी एवं फलाम खानीको सम्भावना यहाँ छ । नेपाली कांग्रेसका तर्फबाट पालिकाको अध्यक्षमा रक्षबहादुर शाह हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष शाहसँग गोरखापत्रका दैलेख समाचारदाता कमल शर्माले गर्नुभएको कुराकानी :
सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उहाँका मुहारमा खुसी छाएकोे हो ।
इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ ।
बेलबारी (मोरङ), फागुन २२ गते । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो । मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ । गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ । बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो ।गत पुस २५ देखि २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको हो । कोशीमा सबैभन्दा धेरै ८ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन् । त्यसैगरी उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ फेला परेका छन् ।पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले चराको सङ्ख्या घटेको हुनसक्ने कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउनुहुन्छ । “मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरूपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ ।” उहाँका अनुसार रसिया, साइबेरियालगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसारमा मोटरबोट सञ्चालनमा आउनाले पनि चराको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ ।कोरोनाले विश्व आक्रान्त बनेको समय सन् २०१९ को गणनामा कोशीमा चराको सङ्ख्या अत्याधिक बढेर नौ हजार दुई सय ८९ पगेको थियो । यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको सङ्ख्या बढेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन् । जाडो छल्न नेपाल आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् ।उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् । रासस
कालीकोटको रास्कोट नगरपालिकाले कमिसनको लोभमा निजी गाडी भाडामा लिएर चलाइरहेको छ । नगरपालिकाको आफ्नै दुई वटा गाडी भए पनि स्कारपियो गाडी भाडामा लिएर चलाइरहेको छ ।
कैलालीमा रहेको एक निजी अस्पतालमा विपन्नलाई निःशुल्क डायलासिस सेवा सुरु भएको छ । धनगढीमा रहेको नवजीवन अस्पताल प्रालिले विपन्नलाई निःशुल्क डायलासिस सेवा दिन थालेको हो तर सेवा प्राप्तिका लागि स्थानीय सरकारको सिफारिसपत्र आवश्यक पर्ने गरेको जनाइएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो ।
डिभिजन वन कार्यालयसहित मातहतका पाँच वटा सबडिभिजन वन कार्यालयमा कर्मचारी नहुँदा बैतडीमा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । ४४ जना कर्मचारीको दरबन्दी रहेको डिभिजन वन कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी छैनन् । सात जना वन अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जथाभाबी डोजरले सडक खन्दा ४६६ हेक्टर वन सखाप भएको छ भने सोही सडक किनारमा जथाभाबी घरटहरालगायतका संरचना निर्माण गर्दा ११० हेक्टर गरेर कुल ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।