• १ जेठ २०८२, बिहिबार

तोलामा तीन हजार पाँच सयले घट्यो सुन

blog

काठमाडौँ, जेठ १  गते ।  बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला  ३५ ले गिरावट भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । 

बुधबार प्रतितोला सुन एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । रासस