विश्व पर्यटन दिवस–२०२४ का अवसरमा वसन्तपुर दरबार क्षेत्रमा शनिबार धिमे बाजासहित एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुत गरेका छन् । हजार कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको थियो ।
बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोले दुग्ध क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । बाढीपहिरोले क्षति पु¥याएको ठाउँबाट डेरीसम्म दुध अझै आउन सकिरहेको छैन ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो ।
दाङमा व्यावसायिक माछापालनमा वृद्धि भएसँगै उत्पादन बढ्न थालेको छ । माछापालनका लागि उपयुक्त माटो, हावापानीसँगै सरकारले अनुदान दिन थालेपछि व्यावसायिक माछापालनसँगै उत्पादनमा वृद्धि हुँदै गएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) नौ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत असोज ११ र १२ गतेको बाढीपहिरोले क्षति पुर्याएको दोलखाको अप्पर तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउनुहुन्छ ।
दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ ।
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।
माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका अध्यक्ष अमलेशकुमार कर्ण कायस्थलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।
सरकारले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले शुक्रबार बसेको मन्त्रीपरिषद्ले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिँदै चालु आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाट निःशुल्क उपचार हुने बताउनुभयो ।
दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार उत्पादन तथा वितरणको केन्द्रविन्दु (इपिसेन्टर) रहेको बताउनुभएको छ ।