हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले राससलाई जानकारी
मङ्गला गाउँपालिका–१ कुहुँ क्षेत्रमा अहिले पनि घरमै सुत्केरी हुने गरेको पाइएको छ । जिल्ला खोप समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा कुहुँ स्वास्थ्य चौकी पुग्दा घरमै सुत्केरी हुने गरेको पाइएको हो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले भन्नुभयो, “खोपको अनुगमनका लागि आएका थियौँ स्वास्थ्य चौकीको अनुगमनका क्रममा घरमै सुत्केरी हुने गरेको तथ्य पनि भेटियो । खोप लगाएको अवस्था निकै राम्रो देखिएको र लक्षित बालबालिकाले खोप लगाउन पाएको समेत कुहुँ क्षेत्रमा देखिएको उहाँको भनाइ छ ।
स्थानीय तहका प्रशासनिक भवन बन्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख टोकबहादुर वाइबाले नगरपालिका स्थापना दिवसका अवसरमा नयाँ भवनको आगामी आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताउनुभएको छ । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका–९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ शुभारम्भ गर्नुहुँदै उहाँले राजनीति र धर्म फरक देखिए पनि मर्म एउटै रहेको
धनुषा जिल्लाको उत्कृष्ट एवं प्रतिष्ठित फकिरचन्द गामी माध्यमिक विद्यालयको अवस्था अहिले दयनीय बन्न पुगेको छ । सबैला नगरपालिका–१२, बरकुर्वास्थित सो विद्यालय २०१६ सा
सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा पहिलो पटक शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु गरिएको छ ।
पानी परेसँगै हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेकमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथका वडा सचिव सुवास अधिकारीले शनिबार बेलुकादेखि हिउँ पर्न थालेको बताउनुभयो । मङ्सिर, पुसमा हिमपात राम्रोसँग हुन नसके पनि अहिले हुँदा किसानका लागि सहज हुने उहाँको भनाइ छ । झारकोट स्वास्थ्य चौकीका इन्चार्जसमेत रहनुभएका अधिकारीले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा बालबालिकालाई चिसोले गर्दा समस्या हुन सक्ला तर अन्य हिसाबले हेर्दा हिउँले राम्रो नै गर्ला ।”
वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वन परिसरभित्र भौतिक संरचना नबनाउन निर्देशन दिनुभएको छ । झापा जिल्लामा सामुदायिक वन परिसरभित्र पर्यटक आकर्षण गर्न धमाधम रूपमा भौतिक संरचना बनाउने प्रतिस्पर्धा भइरहेका बेला वनमन्त्रीले यस्तो कार्यमा रोक लगाउन निर्देशन दिनुभएको हो । पर्यापर्यटन विकास गरेको नाममा सामुदायिक वनहरूले पक्की संरचना बनाउने कार्य नरोके कारबाही गरिने चेतावनी दिँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
चितवनको रत्ननगर नगरपालिका–१० मा अवस्थित एकता शिशु निकेतन स्कुलमा अध्ययनरत छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा परिवारको दाबी र पोस्टमार्टम रिपोर्ट बाझिएसँगै मुद्दालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा प्रहरीले थप परीक्षणको रिपोर्ट कुर्ने भएको छ ।
पर्वतको जलजला गाउँपालिका गाउँ सभाको १६ औँ अधिवेशनबाट थप एक करोड ३९ लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ ।सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न गाउँ सभा अधिवेशनबाट गाउँपालिकाको अल्यामा रहेको १ करोड २९ लाख रुपियाँ र आन्तरिक आम्दानीबाट १० लाख रुपियाँ बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो ।
मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ ।
कमलामाई नगरपालिका–३, चपौलीस्थित ‘कलाघर सिन्धुली’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माणाधीन कलाघरको अवलोकनमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।
तानसेनस्थित ऐतिहासिक पाल्पा दरबार परिसरमा पुरानै स्वरूपमा संरचना बनाउन सुरु भएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा पर्खाल, गेट, आँगन तथा मूलढोका बनाउन सुरु भएको हो । तानसेन मखनटोलतर्फको बाहिरी भागमा ऐतिहासिक स्वरूपमा डेढ महिनादेखि पर्खाल बनाउने काम भइरहेको छ । १९११ सालमा दरबारको सुरक्षाका लागि परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको वाल (पर्खाल) लगाइएको थियो । सोही पर्खालको आकार तथा स्वरूपमा पुरातत्व विभाग र लुम्बिनी प्रदेश सरकारको लगानीमा बनाउन थालिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक आज अपराह्न तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।