जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३० हजार ५३४ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १२४ प्यालेस्टाइनीको हत्या गरेको बताइएको छ ।
उपभोक्तालाई सहजताका लागि भन्दै पाँचथरको फिदिम नगरपालिकाले अनुदानमा विद्युतीय चुलो उपलब्ध गराएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन ।
ताप्लेजुङमा सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । सो दलका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरूलाई आज उक्त जिम्मेवारी दिनुभएको हो ।
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो ।
कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । मङ्गलबार कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको हो ।
ताप्लेजुङमा रैथाने बालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको छ । किसानको आयआर्जन बढाउनुका साथै बाली संरक्षणका लागि जिल्लामा उत्पादन हुने रैथाने तथा नगदेबालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको हो ।
आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ ।
भानु चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई सङ्घीय सरकार मातहतमा राख्न भानु नगर कार्यपालिकाले निर्णय गरेको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहहरूले गर्ने कर्मचारीहरूको स्तरवृद्धि अवैध भएको बताउनुभएको छ ।
बाँकेमा बजारमा देखिएको बेथिति अन्त गर्न जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको बजार अनुगमन समितिले अनुगमनलाई निरन्तर र तीव्र पारेको छ ।
झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिनुभएको छ ।
सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।