जनकपुरधाम, मधेश प्रदेशको राजधानी मात्र नभई सांस्कृतिक, धार्मिक र व्यापारिक केन्द्रको रूपमा पनि परिचित छ ।
उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
अविरल वर्षासँगै असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण काभ्रेपलान्चोक जिल्लामा रहेका १७० वटा विद्यालयमा क्षति पुगेको छ ।
चाडपर्वको मौसमसँगै यतिबेला ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो छ । जिल्लाकै प्रमुख नगदे बालीको रूपमा रहेको अलैँची पाक्ने समय भएकाले हिजोआज किसानलाई अलैँची थन्क्याउने चटारो परेको हो ।
दसैँ सकिए पनि बाँकेका थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रमझम अझै सकिएको छैन । दसैँ सुरु हुनुभन्दा पहिले सुरु भएर दसैँ सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अझ पनि जिल्लाका अधिकांश थारु गाउँबस्ती रमाउँदैछन् ।
तनहुँको म्याग्दे गाउँपालिकामा–१० शय्या अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको आर्थिक सहयोगमा म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको म्याग्दे गाउँपालिका पदाधिकारीले बताउनुभएको छ ।
रुकुमपश्चिमका किसानलाई यतिबेला धान खेती ढल्याउने चटारो छ । दसैँ, तिहार लगायतका पर्वहरू सुरु भएसँगै यहाँका किसानलाई पाकेको धान काट्ने, ढल्याउने कामको चाप सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शनको तयारी गरेका छन् ।
अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नोभेम्बरमा ब्राजिलमा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताउनुभएको छ ।
वाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पङ्गेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ ।
तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।
दीपावली र छठमा पूजा र प्रसाद सामग्री राख्न प्रयोग गरिने बाँसको चोया र कप्टेराबाट बनेका चङेरा ।
सुनसरी, कात्तिक ३ गते । सुनसरीको इनरुवा नगरपालिका–२ मा तिहारका लागि बनाइएको माटाको दियो घाममा सुकाउँदै कुमाले । माटाको दियो सयकडा एक सयदेखि १५० रुपियाँसम्ममा बिक्री हुने कुमाले बताउँछन् । तस्बिरः रासस
सिमरनले छुट्टिने बेलामा रुँदै सासूलाई गोडामा ढोगिन् । ससुरालाई हातमा ढोगिन् । नन्द, देवरसँग घुँक्कघुँक्क गर्दै लामो समयसम्म अँगालो मारिन् । घरको वातावरण एकदम शान्त र सन्नाटापूर्ण थियो । कोही कसैलाई केही भन्ने अवस्थामा थिएनन् । सासूससुरा, देवर, नन्द सबैको आँखा रसाएका थिए । टिलपिल आँसु खसिरहेको थियो ।