सिमरनले छुट्टिने बेलामा रुँदै सासूलाई गोडामा ढोगिन् । ससुरालाई हातमा ढोगिन् । नन्द, देवरसँग घुँक्कघुँक्क गर्दै लामो समयसम्म अँगालो मारिन् । घरको वातावरण एकदम शान्त र सन्नाटापूर्ण थियो । कोही कसैलाई केही भन्ने अवस्थामा थिएनन् । सासूससुरा, देवर, नन्द सबैको आँखा रसाएका थिए । टिलपिल आँसु खसिरहेको थियो ।
दुनियाँको रङ्गी विरङ्गी महाभोजमा वर्तमान नामधारी निवर्तमानको कुनै निराकृत तस्बिर
बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्धारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
रहेर सँगै घोचिरहने खिल जस्तो, देब्रेतिर छैन क्याहो दिल जस्तो ।
हेटौँडा उपमहानगरपालिका–२ स्थित एक होटेलमा पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–२ मा रहेको पल्पसा प्याराडाईज होटेलमा शुक्रबार अपराह्न काठमाडौँ चाबहिल–७ बस्ने अन्दाजी ४७ वर्षीय अजय मानन्धर मृत अवस्थामा फेला परेका हुन ।
इलाका प्रहरी कार्यालय रत्न नगर चितवनको हिरासतमा एक थुनुवा मृत अवस्थामा भेटिएका छन् ।
ठुलो मानिसको सङ्गत गरौँ भनेर हिँडेको महिनौँ भइसक्यो तर गर्न सकिएको छैन ।
सामान्यतया देवीदेवताका मठमन्दिरमा जाने भक्तजनले आफ्नो साथमा फूल, अछेता, धुपबत्ती एवं अन्य भेटी भगवान्लाई अर्पित गरेको देखिन्छ । भगवान्लाई खुसी पार्न भन्दै भक्तजनले विभिन्न थरिका प्रसादसमेत चढाउने गर्छन् ।
बिसौँ शताब्दीको साहित्यिक समालोचनालाई फर्केर हेर्दा यो निकै विविधतापूर्ण रहेको पाइन्छ । किनकि यही शताब्दीमा आधुनिकतावाद, उत्तरआधुनिकतावाद र अन्य महत्वपूर्ण आविष्कार, प्रयोग एवं विकास भएको देखिन्छ ।
हरेक गाउँमा कुनै न कुनै विशेषता रहेको पाइन्छ । सामान्यतया त्यही विशेष अवस्थाले त्यस ठाउँको नामकरण भएको हुन्छ । नाउँ अरू नै भनिए पनि विशेष महत्त्वका कारणले त्यो स्थानको पहिचान निर्माण भएको हुन्छ ।
मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशभरि ५०६ किलोमिटर सडक निर्माण गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ मा सो सडक निर्माण गरेको हो ।
स्थानीय तहले खनेका अधिकांश सडक बर्खाको भलले बगाउँदा बजेट खेर गएको छ भने अस्पताल जाने बाटो नहुँदा सुत्केरीको मृत्यु भएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि करिब दुई तिहाइ मात्र भौतिक प्रगति भएको छ ।
विकासको कुरा गर्दा सधैँ चर्चामा रहने रुकुमपश्चिमका तीन गौरवका योजना वर्सौंदेखि अलपत्र अवस्थामा छन् ।