• ११ पुस २०८१, बिहिबार

नेपाल संवत् ११४५ लाई भव्य रुपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक ६ गते । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘उपस्थित सम्पूर्ण महानुभावलाई आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्ष हामी मनाउँदैछौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाइ, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’’

उहाँले सबै मिलेर नेपाल संवत् ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने बताउनुभयो ।