• ३ कात्तिक २०८१, शनिबार

रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैन: विप्लव

blog

कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ । तस्बिरः कृष्ण आचार्य/रासस

चितवन, कात्तिक ३ गते । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गर्नुभएको छ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले माओवादीबाट अलग भएका दलहरूले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो। 

महासचिव विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भुलभुलैयामा पार्न खोजे पनि त्यो सम्भव नभएको बताउनुभयो। उहाँले देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने बताउनुभयो। 

महासचिव विप्लवले रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्छ भन्नेकुरा सम्भव नहुने पनि दोहोर्‍याउनुभयो।