• ३ कात्तिक २०८१, शनिबार

महिलाको शव फेला

blog

लीलाधर वली

घोराही, कात्तिक ३ गते । दाङमा एक महिलाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –३ स्थित अँगेरी खोलामा २८ वर्षीया मिना कठायतको शव फेला परेको हो । 

सल्यानको कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी कठायतको शव शनिवार दिउँसो फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक थापाका अनुसार कठायत तुलसीपुर उपमहानगरपालिका –३ श्रीगाउँमा दुई छोराछोरीसहित कोठा भाडामा लिएर बस्दै आउनुभएको थियो ।  

शुक्रबारदेखि परिवारसँग सम्पर्कविहीन हुनुभएकी कठायतलाई आफन्तजले खोजी गर्नेक्रममा शनिबार दिउँसो करिब साढे १ बजेतिर अँगेरी खोलामा शव फेला परेको हो । 

घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार मृतकका श्रीमान् हाल वैदेशिक रोजगारीका क्रममा बाहिर रहनुभएको छ ।