नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयले आफूलाई मनोगत आरोप लगाएर हतोत्साही र मानमर्दन गरेको जिकिर गर्नुभएको छ ।
नेसनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको जनाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठुलो सम्भावना रहेको बताउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।
पछिल्लो पाँच वर्षको अवधिमा मुलुकमा लगानीका लागि सवा दुई खर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आउँदा ७३ अर्ब रुपियाँ लगानी भित्रिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले इजरायलका राजदूतमार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
समयमै मर्मत नगर्दा नेपाल वायु सेवा निगमका छ वटा जहाजमध्ये पाँच वटा जहाज भूमिस्थ (ग्राउन्डेड) भएका छन् । निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई वटा वाइडबडी तथा दुई वटा न्यारोबडी जहाज छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने भएको छ ।
प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन् । व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् ।
खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्तिका लागि सिफारिस गरिएका शिक्षकलाई विभिन्न स्थानीय तह तथा विद्यालयले पदस्थापन गर्न मानेका छैनन् । पदस्थापन गर्न नमान्दा नियुक्तिपत्र लिएर गएका शिक्षकले हाजिर गर्न पाएका छैनन् ।
महाशिवरात्रि पर्व मनाउन भारतबाट नेपाल आएका धार्मिक पर्यटक बिहीबार साँझसम्म पनि आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गरेर निधारमा चन्दन र गलामा रुद्राक्षको माला लगाएर फर्किंदै थिए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार बिहानका राति २ बजेर ५१ मिनेत जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिकसत्र २०८२ का लागि छापेको पाठ्यपुस्तक नेपालगन्ज आइपुगेको छ । लुम्बिनी र कर्णालीका विभिन्न जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्नका लागि लिमिटेडको नेपालगन्जस्थित गोदाममा सो पाठ्यपुस्तक आइपुगेको हो ।