काठमाडौँ, फागुन १६ गते । शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ ।
भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन ।