मेरो बाबा मेरो जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ ।
नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा परिवारका साथ घुम्न गएँ ।
हरिकृष्ण ऐडीमुगु, फागुन १६ गते । मुगुमा लामो समयपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसान खुसी भएका हुन्।बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै जिल्लामा विद्येत् सेवा अवरुद्ध भएको छ। लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ७ का किसान विर्षबहादुर रावलले बताउनुभयो । आकाशे पानीको सिँचाइले फलफूल खेती र तरकारीमा राम्रो उत्पादन हुने हुँदा कृषक खुसी भएको स्थानीय रामलाल बिटालुले बताउनुभयो। उहाँले भन्नुभयो पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आउनेछ। असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्सबाट उहाँले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहनुभएका सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
शिक्षकले हामीलाई अङ्ग्रेजी तथा नेपालीमा हस्तलेखनको गृहकार्य दिने गर्नुहुन्छ ।
समाजमा कायम जातीय विभेद तथा छुवाछुत न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ ।
नीतिगत र प्राथमिकताका आधारमा मात्र बजेट बनाउन राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले सुझाव दिएको छ ।
बागलुङ नगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएका सामुदायिक कुकुर व्यवस्थापन गर्न गत आर्थिक वर्षमै सञ्चालन गर्ने लक्ष्यसहित ‘कुकुर आवास’ बनाउने महत्वाकाङ्क्षी योजनामा अझै काम सुरु गर्न सकेको छैन ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा घरधनीको आँखामा खुर्सानीको धुलो छरी चोरी गर्ने प्रयास भएको छ ।
घोराही निवासी निर्मला अधिकारीलाई स्पेन पठाइदिने भन्दै दलालले आश्वासन दिए ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको ११५ वर्ष पूरा भएको छ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्धनमा गोरखापत्र संस्थानले सहयोग गर्ने जनाएको छ । गोरखापत्र संस्थान र पद्म पुस्तकालयले बन्दीपुरमा आयोजना गरेको तीन दिने राष्ट्रिय सिर्जना सम्मेलनको समापन कार्यक्रममा गोरखापत्र सस्थानका पदाधिकारीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केही समयअघिसम्म सडक पार गर्न हम्मे हम्मे हुनुका साथै बजारमा हिँड्डुल गर्नसमेत समस्या हुने गरेको नेपालगन्जको मुख्य बजार सदरलाइनको ट्राफिक व्यवस्थामा सुधार गरिएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि स्याम्नेसम्म छ वटा पक्की पुल निर्माण हुने भएका छन् । हाल यो खण्डका खोलामा यातायातका साधन खोला तरेर वारपार गर्ने भएका कारण हिल्सा–सिमकोट सडक आयोजनाले पक्की पुल निर्माण गर्ने भएको हो ।
बारपाक सुुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।