शुक्रबार हिान सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६ दशमलव १ म्याग्निच्युड स्केलको भूकम्पले जिल्लाका विभिन्न स्थानमा क्षति भएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ ।
गुल्मीको पुल्चोक स्पोट्स क्लबले तम्घास चिदिचौर खेलमैदानमा आयोजना गर्न लागेको ‘पुल्चोक क्रिकेट लिगको चौथो संस्करण’ को सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु हुँदैछ । फागुन १९ गतेसम्म सञ्चालन हुने पुल्चोक क्रिकेट लिगको चौथो संस्करणमा आयोजकसहित चार क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
जापान सरकारको सहयोगमा २०४५ सालमा स्थापना भएको राजापुर आधुनिक चामल कारखानामा रहेको उसिना चामल उत्पादन गर्ने प्लान्ट अलपत्र परेको छ ।
उत्तरी गोरखामा तीन दिनदेखि परेको भारी हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपास गर्न सकस भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुक्रबारसम्म निरन्तर रुपमा बाक्ले हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
कपिलवस्तु नगरपालिका –३ जमोहरास्थित राधा चन्द्र आधारभूत विद्यालयमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । उक्त ट्याङ्की रोयल थाई मोनाष्ट्री लुम्विनी, स्वर्णभूमि फाउण्डेशन नेपाल तथा वाटथाई निग्रोधाराम र नेपाल अर्बुद रोग निवारण संस्थाकोे सहयोगमा निर्माण गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौँ, फागुन १६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली सङ्घ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताउनुभएको छ । चाँडै यसको घोषणा हुने उहाँको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताउनुभयो । अमेरिकाको युरोपेली सङ्घसँग करिब ३ सय अर्ब डलरको घाटा रहेको बताउनुभयो । अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप लगाउनु भयो । इयुले मूलतः कृषि उत्पादनहरू स्वीकार नगर्ने उहाँको भनाइ छ ।सिन्ह्वाको सहयोगमा
पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् ।
धनकुटा, फागुन १६ गते । धनकुटाको छथर जोरगाटी गाउँपालिका ५ स्थित परेवादिन सिमलचोकमा निर्माण गरिएको जोडी परेवाको स्तम्भ । तस्बिरः रासस
चौथो लखन कप भलिबलको उपाधि ए एण्ड ए मार्ट नरेठाँटी गलकोटले जितेको छ । मगर एकता दिवसको दिन बिहीबार सम्पन्न फाइनल खेलमा पकुवा भलिबल कुश्मा पर्वतलाई सोझो सेटमा पराजित गर्दै ए एण्ड ए नरेठाँटी गलकोटले उपाधि जितेको हो ।
दाङ, फागुन १६ गते । दाङको घोराही उपमहानगरपालिका ५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानी धाम । उक्त तस्बिर महाशिवरात्रिको दिन लिइएको हो । तस्बिरः रासस
अछाम, फागुन १६ गते । अछामको कमलबजार नगरपालिका १ बाइकोट डाँडाको टुप्पोमा अवस्थित बाइकोट माइको मन्दिर । तस्बिरः रासस
मुस्ताङ, फागुन १६ गते । शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाको फलफूल बगैँचामा आरु र कागजी बदामको बोटमा फुलेको फूल। तस्बिरः रासस