काठमाडौँ, फागुन १६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली सङ्घ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताउनुभएको छ ।
चाँडै यसको घोषणा हुने उहाँको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताउनुभयो । अमेरिकाको युरोपेली सङ्घसँग करिब ३ सय अर्ब डलरको घाटा रहेको बताउनुभयो । अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप लगाउनु भयो ।
इयुले मूलतः कृषि उत्पादनहरू स्वीकार नगर्ने उहाँको भनाइ छ ।
सिन्ह्वाको सहयोगमा