पाल्पाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ ।
इनरुवा नगरपालिकाका १० वटा वडाका बाल क्लब तथा वडा सञ्जालका पदाधिकारीको नगर भेलाले विनोद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय इनरुवा नगर बाल सञ्जाल गठन गरेको हो।
९औं थारू साहित्य राष्ट्रिय सम्मेलन बर्दियाको राजापुर नगरपालिकामा शुक्रबारबाट सुरु भएको छ ।
तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहिद सप्ताह अन्तर्गत २५ जना सहिद परिवारलाई सम्मान गरेको छ। पार्टीले नवलपुरको कावासोतीमा कार्यक्रम गरी सहिद परिवारलाई सम्मान गरेको हो।
फडिन्द्र अधिकारीलेखनाथ, फागुन १६ गते । विसं. २०४८ पछि देशमा चिकित्सकको दरबन्दी थप भएको छैन । चाँडै पाँच सय चिकित्सकको दरबन्दी थप गर्ने स्वास्थ्य मन्त्रालयको योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल बताउनुहुन्छ। मन्त्रालयको यो योजनाका लागि स्रोत व्यवस्थापन भइसकेको छैन ।स्वास्थ्यमन्त्री पौडेल देशको स्वास्थ्य क्षेत्रमा थोरै सुधार भएको तर गर्न धेरै बाँकी रहेको बताउनुहुन्छ । नेपाल लिटरेचर फेस्टिफलको ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ विषयक शुक्रबार भएको अन्तरसंवादमा मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य सेवा सुधार्न सर्जरी नै गर्नुपर्छ । सुधारिएको अनुुभूूति दिलाउन केही समय लाग्छ ।” नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा ठुलो परिवर्तन जरुरी भएको उहाँको भनाइ छ । मन्त्री पौडेलले आवश्यकताका आधारमा अस्पतालहरू थप्नुपर्ने औंल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले भनिरहेको समाजवाद स्वास्थ्यभित्र भेटिएन भने कहीँ पनि भेटिँदैन । नेपालको संविधानमा स्वास्थ्यप्रति जे प्रतिबद्धता जनाइएको छ, त्यो पूरा हुन सकेन भने संविधान लागु भएको मान्न सकिँदैन ।”मन्त्री पौडेलले राज्यले सबै क्षेत्रमा जनशक्ति बढाए पनि स्वास्थ्य क्षेत्रलाई छुटाएको टिप्पणी गर्नुभयो । “राज्यले यो बिचमा सबैतिर जनशक्ति बढायो । तर, स्वास्थ्यलाई छुटायो । छुुटाउनै नहुने पक्षलाई छुटायो,” उहाँले भन्नुभयो, “अहिले हामी आइसकेपछि जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट ओएनएम स्वीकृत गराइसकिएको छ । केही समयमा पाँच सय चिकित्सकको विज्ञापन लोकसेवाले गर्ने स्थिति बनाउँछौं ।”अहिले सरकारले पाँच सय चिकित्सकको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला दाबी गर्नुहुन्छ । जनताको सेवाका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने उहाँको सुझाव छ । “पाँच सय चिकित्सकको दरबन्दी खोल्न सम्भव छैन । स्रोतको हिसाबले यो दरबन्दी सिर्जना गर्न सकिँदैन । त्यसो हुँदा कि भाग्नुपर्याे कि यहींबाट विकल्प खोज्नुपर्याे ।” डा. कोइराला अस्पतालहरुका प्राविधिक क्षमतायुक्त जनशक्तिदेखि लिएर उपकरण, प्रविधि र पूर्वाधारको सुनिश्चितता गर्न आग्रह गर्नुहुन्छ । देशमा पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सङ्ख्या आठ हजार छ सय २४ छ । तीमध्ये छ हजार तीन सय ६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको देखिएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ र ५ नम्बरको वडाको सिमानामा रहेको रेसे खोलमा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य दुई महिनापछि सुरु भएको छ।
गोरखाको धार्चे गाउँपालिका –७ लापुबेंसीमा नौ वर्षपछि प्रभातकिरण माविको सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ।
बाँके जिल्लाका मुस्लिम समुदायको सबैभन्दा ठुलो धार्मिक केन्द्र नेपालगन्ज–३ एक्लैनीमा अत्याधुनिक पूर्वाधारसहित पुनः निर्माण गरिको जामा मस्जिदको उद्घाटन गरिएको छ।
जेहेन्दार तथा विपन्नलाई निःशुल्क रूपमा पठनपाठनको व्यवस्था मिलाउन साविक धौलागिरि अञ्चलको एकमात्र आङ्गिक क्याम्पस धौलागिरि बुहुमुखी क्याम्पस बागलुङमा एक करोडको कोष स्थापना गरिएको छ ।
खोटाङमा भइरहेको राष्ट्रिय बाँस सम्मेलनमा संविधानसभा सदस्य दुर्गाजयन्ती राई कृषि उपज बिक्रीमा व्यस्त हुनुहुन्छ। जिल्ला सदरमुकाम दिक्तेलमा पसल स्थापना गरेर कृषि उपज बिक्री गर्दै आउनु भएकी संविधानसभा राईले बाँस सम्मेलनमा स्टल राख्नु भएको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्कली मधेशवादी दल माओवादी मात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताउनुभएको छ ।
दुवै मिर्गौला फेल भएर काठमाडौंको केएमसी अस्पतालमा उपचाररत प्युठान, गौमुखी–६, लिवाङका ४८ वर्षीय कृष्ण बोहोरालाई सामाजिक सञ्जालमार्फत्् सङ्कलित ६ लाख ३० हजार ४५ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ ।
तम्घास बजारका सडकपेटीमा फुटपाथ गर्ने पाँच अटेरी व्यवसायीलाई कारवाही गरिएको छ । पटक पटक सार्वजनिक सूचना जारी गरेर फुटपाथमा सामग्री नराख्न आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर कारवाही गरिएको रेसुङगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो ।