ताप्लेजुङमा निर्माणाधीन केबलकारको विषयमा उत्पन्न समस्यालाई निर्माण कम्पनी नै अग्रणी भूमिकामा वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले आग्रह गरेको छ।
निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा बाक्लो हिमपात भएको छ। पातीहाल्नेमा डेढ फिटसम्म हिमपात भएको ढोरपाटनका तिलक मल्ल ठकुरीले जानकारी दिनुभयो।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहेको बताउनुभएको छ। जनताका समस्या समाधानमा सरकार लागिपरेको उहाँले बताउनुभयो।
जिल्ला सदरमुकाम दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनको औपचारिक उदघाटन बिहीबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको थियो ।
ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीका तीन वटा म्युजिक भिडिओ एकसाथ सार्वजनिक भएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’, ‘आमा’, र ‘आउन माया आऊ मेरो हात समाऊ’ एकसाथ सार्वजनिक गरिएको हो।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार एक यात्रुवाहक बस दुर्घटना हुदाँ कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
बेल्जियमको एक नर्सिङ होममा बस्ने दुई जना वृद्धको छुरा प्रहार गरी हत्या गरिएको छ । आक्रमणमा संलग्न रहेको आशङ्कामा सोही नर्सिङ्ग होमका एक वृद्धलाई पक्राउ गरिएको बेल्जियमका मेयर कोएनराड डेग्रोटेले शुक्रबार बताउनुभयो ।
भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठुलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ ।
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको छ दशमलव एक म्याग्निच्युडको भूकम्पका बेला भाग्दा काठमाडौँमा दुई जना घाइते भएका छन् ।
प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण सुरु भएको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामको कला संस्कृति पुरानो रहेको भन्दै यसको प्रचारप्रसार भए पर्यटक बढ्ने र यसले प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा जानुभएकी मन्त्री डा. देउवा शुक्रबार स्वदेश फर्किएपछि सो प्रतिक्रिया दिनुभएको हो ।
बलात्कार भएपछि मृत्यु भएकी नवराजपुर–१ भगवतीपुरकी रिङ्कु सदायको परिवारलाई न्याय दिलाउन दबाब दिन मुसहर समुदायद्वारा लहानमा प्रदर्शन गरिएको छ।
नेपाल जैविक विविधताले धनी देश हो तर बढ्दो वन डढेलोका घटनाले वातावरणीय सङ्कट निम्त्याइरहेको छ । विश्वको २५ औँ तथा एशियाको ११ औँ जैविक विविधतायुक्त राष्ट्र नेपालमा कुल भू–भागको ४५.३१ प्रतिशत भू–भाग वनले ढाकेको छ ।