प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ ।
दाङको घोराहीमा सञ्चालित छैटाैं कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ मा स्थानीय उत्पादनका सामग्री उपभोक्ताको प्राथमिकतामा पर्ने गरेका छन् ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले उद्घाटन गर्नुभएको छ ।
बाँकेमा १३ पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरेपनि प्रभावकारी नभएपछि १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सुस्त गतिमा चलिरहेको छ ।
प्रथम पिङ्क सिटि महोत्सव वालिङ – २०८१ को तयारी अन्तिम चरणामा पुगेको छ ।
दोलखाको विगु गाउँपालिका–१ मा निजी क्षेत्रबाट निर्माणाधीन नासा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन् ।
सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले उखुु किसानलाई एक अर्ब ३७ करोडभन्दा बढी भुक्तानी दिएको छ ।उद्योगले चालु सिजनमा किसानलाई उखुु खरिदबापतको एक अर्ब ३७ करोड तीन लाख रुपियाँ भुक्तानी गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गर्नुभएको छ । साथै उहाँले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सनाले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान कार्यक्रमले लुम्बिनी प्रदेशको समग्र शैक्षिकको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपियाँ आम्दानी गरेको छ ।
संसदीय अभ्यास मेरा लागि नौलो थियो । म दुई वर्ष सात महिना जति इजरायलको राजदूतसमेत भएको थिएँ । राजदूत हुँदा उत्तरदायित्व आफूले नै बहन गर्नुपर्ने हुन्छ । आफूले तय गरेका योजना कार्यान्वयन गर्न सहज हुन्छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तलकोट गाउँपालिका– ३ को दुर्गम बस्ती क्रिकिट्या गाउँका नागरिक स्वास्थ्य सेवाबाट मात्रै नभएर शिक्षाबाट समेत बन्चित हुनुपरेको छ । १८ परिवार बसोबास गर्ने यहाँका नागरिकका बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।
खुल्ला रुपमा खुटीनहर सञ्चालन हुनुपर्ने माग राखेर खुटी नहर संघर्ष समितिले गर्दै आइरहेको आन्दोलन तीन बुँदे सम्झौतापछि स्थगित भएको छ ।
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।
कक्षा कोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थी गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ ।