• १६ फागुन २०८१, शुक्रबार

डा. अधिकारीका तीन म्युजिक भिडिओ एकसाथ सार्वजनिक

blog

गीत सार्वजनिक समारोहमा सहभागी अतिथि ।

काठमाडौँ, फागुन १५ गते। ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीका तीन वटा म्युजिक भिडिओ एकसाथ सार्वजनिक भएका छन्। 

काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’, ‘आमा’, र ‘आउन माया आऊ मेरो हात समाऊ’ एकसाथ सार्वजनिक गरिएको हो। 

गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार सङ्घका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम् संविधानविद् भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताको प्रशंसा गर्नुभयो।

अधिकारीका गीतमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बू, सदीक्षा कट्टेल, रोजिना बस्नेतले स्वर रहेको छ।

म्युजिक भिडिओलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका गर्नुभएको हो। भिडिओमा लक्ष्मी अधिकारीकोसमेत अभिनय छ।