विराटनगर, फागुन १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त हाम्रो समाजमा मनाइने पर्वले आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अग्रसर हुन प्रेरणा मिल्ने बताउनुभएको छ ।
उहाँले नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यही विशेषताले नेपालीलाई सदियौँदेखि एकापसमा सहकार्य, समन्वय र बन्धुत्वको भावनाका साथ अघि बढ्न सहयोग पुर्याएको सन्देशमा उल्लेख गर्नुभएको छ । रासस