ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा आठ लाख रुपियाँ बराबरको क्षति भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङस्थित इन्द्रबहादुर निरौलाको घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको हो ।
एसाेसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ । भुटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा असम्भव रहेको बताउँदै यस्तो बेकारको बहसमा समय र्खच नगर्न आग्रह गर्नुभएको छ ।
२०५४ सालमा चौथो राष्ट्रिय खेलकुदको सफल आयोजना गरिसकेको नेपालगन्जमा २०७६ सालमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । यसले नेपालगन्जलाई ठुला प्रतियोगिता आयोजना गर्ने सहरको रुपमा परिचित गराएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा सुख्खा पहिरो खस्दा एक जनाको ज्यान गएको छ।
सङ्घीय शिक्षा ऐन ल्याउनु पर्ने माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा शिक्षकहरूले बिहीबार प्रदर्शन गरी मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिबारीलाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।
बलेफी गाउँपालिका –४ स्थित सानीटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्गमा बिहीबार २ः३० मा काठमाडौंबाट बलेफी गाउँपालिका –६ को ब्बाँसे जाँदैगरेको बा ५ ख ९९४० नम्बरको यात्रुबाहक बस र खाडीचौरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२ ०३७ ०८५७ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथीभरा केबुलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।
नवलपुर जिल्लामा दस वर्षे सशस्त्र द्वन्द्वमा परेर सहिद भएका परिवारलाई सम्मान गरिएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताउनुभएको छ । मन्त्री अधिकारीले सिंहदरबार चारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गण्डकी प्रदेश सरकारले दुई वर्षअघि जारी गरेको प्रदेश निजामती सेवा ऐनविपरीत ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिको प्रक्रियाअगाडि बढाउन अध्यादेश जारी गर्नु मेरिट सिस्टमको विपरित रहेको बताइएको छ ।
‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आउनुभएकी सावित्रा भण्डारी ‘साम्बा’ प्रतियोगिता सकिएसँगै बिहीबार फ्रान्स फर्कनुभएको छ ।
बारबर्दिया नगरपालिका–११ मा रहेको श्री नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दीलाई बर्दियाको पहिलो तीन तारे विद्यालय घोषणा भएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाह सशक्त हुनु पर्ने बताउनुभएको छ ।
हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ । जनवरी १९ मा लागु भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमतिअन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।