मच्छिन्द्र क्लब दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापा बिर्तामोड नगरपालिका –२ स्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते एक जनाको बिहीबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ ।
कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले नवविवाहित जोडीलाई स्वास्थ्य सन्देशले भरिएको शुभकामना कार्ड प्रदान गरेको छ।
सल्यानमा १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा शीर्षखेलाडी सिएम शुश्रुत दहाल, प्रकाशचन्द्र नेपाल र धिरेन राईले अग्रता लिनुभएको छ ।
अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओइभिपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको गठबन्धनको घोषणा गरेको छ । फ्रिडम पार्टी (एफपिओई) ले चुनावमा २९ प्रतिशतको हाराहारीमा विजय हासिल गरेपछि महिनौँ लामो वार्तालाई यो सम्झौताले टुङ्गोमा पुर्याएको छ ।
झापाको गिरीबन्धु टी–स्टेटभित्र एक पुरुषको शव फेला परेको छ। कुहिन लागेको अवस्थाको पाँचथर फिदिम नगरपालिका ७ का ३९ वर्षीय कुमार गुरुङको शव अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु टि–स्टेटभित्रको सिरिसको रुखको फेदमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, स्थित चिनी मिल जाने गेटदेखि १०० मिटर पश्चिमतर्फ हालसम्म पहिचान हुन नसकेको गाडीले किचेर मलङ्गवा नगरपालिका –५, घर भइ हरिवन नगरपालिका –४, तीनघरेस्थित ‘टाइम वार्टर’ नामक पानी फ्याक्ट्रीमा कार्यरत ४५ वर्षीय बुधेश सहनीको मृत्यु भएको हो ।
चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुई वटा भू-उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ । लङ मार्च-२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो ।
रेबिज लागेका मरेकाे जनावरहरू किनबेच गर्ने दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताउनुभएको छ ।
ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाले आजदेखि मेचीनगरअन्तर्गतका मुख्य सडकमार्गमा ट्राफिक भाइलेसन रेकर्डिङ सिस्टम (टिभिआरएस) प्रणाली लागु गरेको छ ।
बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) कमिटीमा नेपाल सरकारले प्रस्तुत गरेको सातौं आवधिक प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बताउनुभएकाे छ ।