समयमै मर्मत नगर्दा नेपाल वायु सेवा निगमका छ वटा जहाजमध्ये पाँच वटा जहाज भूमिस्थ (ग्राउन्डेड) भएका छन् । निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई वटा वाइडबडी तथा दुई वटा न्यारोबडी जहाज छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने भएको छ ।
प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन् । व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् ।
खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्तिका लागि सिफारिस गरिएका शिक्षकलाई विभिन्न स्थानीय तह तथा विद्यालयले पदस्थापन गर्न मानेका छैनन् । पदस्थापन गर्न नमान्दा नियुक्तिपत्र लिएर गएका शिक्षकले हाजिर गर्न पाएका छैनन् ।
महाशिवरात्रि पर्व मनाउन भारतबाट नेपाल आएका धार्मिक पर्यटक बिहीबार साँझसम्म पनि आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गरेर निधारमा चन्दन र गलामा रुद्राक्षको माला लगाएर फर्किंदै थिए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार बिहानका राति २ बजेर ५१ मिनेत जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिकसत्र २०८२ का लागि छापेको पाठ्यपुस्तक नेपालगन्ज आइपुगेको छ । लुम्बिनी र कर्णालीका विभिन्न जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्नका लागि लिमिटेडको नेपालगन्जस्थित गोदाममा सो पाठ्यपुस्तक आइपुगेको हो ।
यहाँको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।
पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले निरन्तर सिक्ने, नयाँ विचार ल्याउने र समस्याहरूको समाधान खोज्ने विद्यार्थीहरूले मात्र भविष्य निर्माण गर्न सक्ने बताउनु भएको छ ।
बर्दिया प्रहरीले जुवाको खालबाट नगदसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको टोलीले बाँसगढी नगरपालिका वडा नं ५ मा रहेको मुनलाईट होटलको कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
ताप्लेजुङबाट उत्पादित १२ मेगावाट क्षमताको जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सुपर काबेली जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ। सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल हुनुहुन्छ।
नेपालको सबैभन्दा लामो दूरीको १५ दिवसीय मिथिला मध्यमिकी परिक्रमा बिहीबारदेखि सुरु भएको छ । फागुन कृष्णपक्षको औंसी तीथिमा धनुषाको मिथिला बिहारी नगरपालिका –८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निकालिएको भगवान रामको डोला र जनकपुरधाम –८ स्थित सुन्दर सदनबाट निकालिएको माता सीताको डोला जनकपुरधामको हनुमानगढीमा पुगेपछि मिथिला माध्यमिकि परिक्रमा प्रारम्भ भएको मानिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन २०८२ वैशाख २१ र २२ गते नेपालगन्जमा आयोजना गरिने भएको छ। नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय समितिले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर सो जानकारी गराउँदै महाधिवेशनको तयारी सुरु भइसकेको जनाएको छ।