केदार तिमल्सिना
बनेपा, फागुन १५ गते। काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा सुख्खा पहिरो खस्दा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिहीबार दिउँसो ३ बजेको समयमा बृद्धाश्रमको भवन बनाउने क्रममा सुख्खा पहिरो खस्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ बस्ने ३८ वर्षीय दुर्जन माझीको घटनास्थलमा नै मृत्यु भएको जनाएको हो।
प्रहरीले सुख्खा पहिरो खस्दा सोही भवनको दोस्रो तल्लाको पिल्लरको रड ढलेर टाउकोमा लाग्दा भवन बनाउने काम गर्दै आएका माझीको मृत्यु भएको जनाएको छ।
त्यसैगरी, जिल्लाको भुम्लु गाउँपालिका–१ सापिङमा भिर बाट लडी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीय तीन तलेभिरबाट करिब ४० मिटर तल खसी स्थानीय ३५ वर्षीय कृष्ण गिरीको मृत्यु भएको जनाएको छ।