बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पतीले छोराको स्मृतिमा पिउने पानीको धारा निर्माण गरेका छन् । ज्येष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औँ दिनको पुण्यतिथिको सन्दर्भ पारेर आइतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर) का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ।
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली आइतबार श्रीलङ्का प्रस्थान गरेको छ ।
रुकुमपश्चिमको आठबिसकोटमा सुत्केरी बोकेको एक हेलिकोप्टर आकस्मिक रूपमा अवतरण भएको छ।
वेस्टहाम युनाइटेडलाई हराउँर्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सिटीले वेस्टहामलाई उसैको मैदानमा ३–१ गोलले हरायो ।
चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभएको छ।
स्पेनिस पावर हाउस बार्सिलोनाले रियल भालाडोलिडको पोस्टमा गोल वर्षा गरेको छ । ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ७–० गोलले हरायो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुम पश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ। आइतबार दिउँसो ३:२५ बजे आठबिसकोट नगरपालिका ९ राडिस्थित रंगशालामा हेलिकोप्टर अवतरण भएको हो।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। निरन्तरताको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
नेपाल सटल टाईम मिनी ब्याडमिन्टन प्रतिचयोगितामा यु–१५ पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिलातर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले उपाधि जित्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अधिकारका लागि शक्तिशाली माओवादी केन्द्र आवश्यक रहेको बताउनु भएको छ ।
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ ।
बैङ्किङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल हाल्ने भन्दा ‘आर्थिक सजाय’को व्यवस्था गर्नुपर्नेमा सांसदले जोड दिएका छन्।
सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवा पक्राउ परेका छन् । युवतीले शनिबार जिल्ला प्रहरीमा जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।