सिरहा नगरपालिका –६ कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँमा वर्षाको पानी निकास नहुँदा घर आगनमै पानी जमिरहने समस्या भोग्दै आइरहेका छन् । असारदेखि कात्तिक महिनासम्म पानीमा आउजाउ गर्नुपरेको स्थानीयको गुनासो छ । स्थानीय शान्ति देवी यादवले
इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा सञ्चालन गरेको बालबचत खातामा डेढ वर्षको अवधिमा ८८ लाख रुपियाँभन्दा बढी रकम जम्मा भएको छ ।
कर्णाली प्रदेश सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम पुनः सुरु गर्ने भएको छ । मुख्यमन्त्री र जनताबिच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गर्न लागिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेर कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । प्रदेश सरकारको कार्यसम्पादनका सम्बन्धमा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा अन्तर्क्रिया तथा छलफल गर्ने उद्देश्यले नयाँ कार्यक्रमका रूपमा यसलाई अघि सारिएको छ । जनताको माग र समस्याबारे सम्बोधन गरी प्रदेश सरकारलाई जनउत्तरदायी बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ । चालु आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम समेटिएको छ ।
कर्णाली राजमार्ग बन्द हुँदा व्यापारी मारमा परेका छन् । कालीकोट र जुम्ला जिल्लाको स्याउ ढुवानीको समयमा कर्णाली राजमार्गमा पहिरो गई सडक बन्द भएकाले व्यापारी मारमा परेका हुन् । कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका गाउँपालिका–१, दहीखोला, गगनेखोलादेखि एसमोडसम्म पहिरो गएको छ ।
कैलालीमा सर्पदंशबाट आइतबार राती एक बालकको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकको पाँच वर्षीय छोरा अरुणको ज्यान गएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकको सेवामा समर्पित हुनु सरकारको कर्तव्य भएको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवं स्वास्थ्य सहायता केन्द्रको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले ज्येष्ठ नागरिक अनुभवका खानी र समाजको ऐना भएको उल्लेख गर्नुभयो ।
बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेलामा नाच्ने युवा नै पाउन छोडिएको हो । भदौरे मेला ठिनीवासीको प्रमुख पर्व हो ।
पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो । जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन ।
हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले बागलुङ बजारमा रौनकता छाएको छ ।
सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ । म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूूर्ण रुपमा स्तरोन्नति भइसकेको छैन ।
कवि विपिन पाठकको मरभूमिमा वसन्ती याम कविता संग्रह बजारमा आएको छ । ईन्डिगो इन्कले प्रकाशन गरेको सो कविता संग्रहमा समसामाहिक विषयसग जोडिएका ३७ वटा कविता संग्रहित छन् ।
पर्वत, भदौ १७ गते । यहाँको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा रु एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त बजेटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् । कालिका भगवती मन्दिर र शिवको विशाल मूर्तिसमेत रहेको बाटुलेचौर आउने भक्तजन र पर्यटकको सहजताका साथै बाटुलेचौरलाई आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलका अनुसार मन्दिर परिसरमा एक सय आठ भन्दा बढी बर पिपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको छ । बर पिपल रोप्न चाहने हरेक व्यक्ति वा परिवारले रु १० हजार बराबरका चौतारी निर्माण गरेका छन् । यस्ता चौतारी एक सय २४ वटा रहेको पौडेलले बताउनुभयो । विशेष गरी शनि त्रयोदशीमा एक सय आठ पिपल चौतारी घुम्न र पूजा गर्न यहाँ दर्शनार्थी आउने गर्छन् । त्यसैगरी मन्दिर परिसरमै सत्तल निर्माण गरिएको छ । मन्दिर परिसरमा घुम्न र दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत रु ९९ लाख लागतमा भवन निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, कुश्मा नगरपालिकाबाट रु १० लाख विनियोजन गरिएको थियो । चालु आवमा पनि रु २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसैगरी भगवान् शिवको अग्लो मुर्ति निर्माण गरिएको छ । बाटुलेचौर मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिम दुवैतर्फ आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन् । मन्दिर परिसर, पिपल चौतारी हुँदै प्रवेशद्धारसम्म आकर्षक पदमार्ग र मञ्च निर्माण गरिएको छ । सदरमुकाम कुश्माबजारबाट १२ किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा पछिल्ला केही वर्षयता दर्शनार्थी मात्र नभई पर्यटक र विभिन्न भिडियो तथा वृत्तचित्र छायाङ्कन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ आउने पर्यटक र भक्तजनको सुविधाका लागि घरवास, होटल विस्तार भएका छन् । बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको स्थानीय युगनाथ पौडेलले बताउनुभयो । राजा दशरथले आफ्ना भान्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न यहाँ आइ अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिर निर्माण गरिएको किंवदन्ती छ । भृगु ऋषिको तपस्यास्थल मानिने सो ठाउँको सम्पदा संरक्षण नहुँदा चोरी भएका थिए । संरक्षण अभावमा हालको मन्दिरका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराएका छन् । स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा दुई सय वर्ष पुराना संरचना भएपनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको हो । यहाँ विशेषगरी दसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रीलगायतका चाडपर्वमा भव्य मेला लाग्ने गर्दछ । यहाँ मेला भर्न पर्वतको कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थीसमेत आउने गरेका छन् । यहाँबाट पर्वत सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्न यस वर्ष हरितालिका तीजको अवसरमा दोस्रो बाटुलेचौर तीज मेला आयोजना गरिएको छ । आगामी भदौ २१ गते हरितालिका तीजको अवसरमा बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गरिएको हो । मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती राखिएको आयोजकले जनाएको छ । रासस