वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्दुशङ्कर चिनी उद्योगको चिनी गोदामलाई सिलबन्दी गरेको छ । विभागको अनुगमन टोलीले सो उद्योगको अनुगमन गर्ने क्रममा चिनीका बोरामा फरक फरक अधिकतम खुद्रा मूल्य लेखेको देखिएपछि चिनी उद्योगको चिनी गोदामलाई सिलबन्दी गरेको हो ।
सिन्धुपाल्चोकमा चौँरी तथा याकपालन पेसा सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव र नयाँ पुस्ताको रोजाइमा नपरेका कारण चौँरीपालन पेसा सङ्कटमा परेको हो । जुगल गाउँपालिका–३, तेम्बाथान, दिपु, तेगा, बाह्रबिसे नगरपालिका–३ को शीरभेग धार्पाखानी, बालुवा, शमशेरडाँडा, हेलम्बु गापाको माथिल्लो भेग नेखर्क छयादी र पाँचपोखरी थाङपाल गापाको हिमाली क्षेत्रमा चौँरी तथा याकपालन हुँदै आएको छ । सिन्धुपाल्चोकभर मुस्किलले ३१ जना किसान चौँरीपालन पेसामा रहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगार विभागको सेवा सात वटै प्रदेशमा पु¥याउने तयारी भइरहेको बताउनुभएको छ । आइतबार पत्रकारसँग भएको अनौपचारिक भेटघाटका क्रममा मन्त्री भण्डारीले विभागबाट हाल उपलब्ध हुँदै आएका सम्पूर्ण सेवा न्यूनतम रूपमा प्रदेशस्तरबाट दिने गरी श्रम मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभएको हो ।
सङ्घीय, प्रदेश र स्थानीय तहमा दर्ता भएका विभिन्न सहकारी संस्थामा रहेको बचत रकम दुरुपयोगका सन्दर्भमा छानबिन र बचत फिर्ताको माग गर्दै सहकारीपीडितले काठमाडौँमा प्रदर्शन गरेका छन् । सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने, राज्यले सहकारी संस्थाको आर्थिक अपचलन गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने, सहकारीका अनुगमन संयन्त्र प्रभावकारी बनाउनुपर्ने र राज्यसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग राखेर पीडितले प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घसहित २५० भन्दा धेरै सहकारीपीडितका सङ्घ संस्थाले १०१ दिनदेखि धर्ना र रिले अनशन गरिरहेका छन् । सहकारीपीडितले धर्ना सुरु भएको आइतबार १०१ दिन पुग्दा पनि राज्यले माग पूरा नगरेपछि प्रदर्शन गरेको बताएका छन् ।
संवैधानिक व्यवस्थाविपरीत न्याय परिषद् नियमावली संशोधन भएको भन्दै बदरको माग गर्दै नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना दिएको छ । बारको धर्नाका कारण आइतबार तय भएको परिषद् बैठक बस्न सकेन । नियमावली संशोधन रद्द नगरेसम्म आन्दोलन जारी राख्ने बारले जनाएको छ । २०८० असोज १ गते संशोधन भएको नियमावलीको व्यवस्था संविधान र प्रत्यायोजित विधायनविपरीत भएको भन्दै बारले विरोध जनाउँदै आएको छ । पछिल्लो पटक भने बारले चरणबद्ध आन्दोलन नै घोषणा गरेको हो । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले नियमावली संशोधनका विषयमा पटक पटकको ध्यानाकर्षणलाई बेवास्ता गरेकाले धर्ना दिएको बताउनुभयो । घिमिरेले चरणबद्ध रूपमा सेवाग्राहीलाई मर्का नपर्ने गरी सम्पूर्ण बार एकाइले आन्दोलनका कार्यव्रmम अघि बढाउने पनि जानकारी दिनुभयो ।
सुरक्षा निकायमा ३० बर्से अवधि र उमेरहदका कारण ठुलो सङ्ख्यामा उच्च तहका प्रहरी अधिकारीले आइतबार बिदा पाउनुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायका नियमावलीमा रहेको प्रावधान मूल ऐनभन्दा भिन्न रहेको र अवकाशको पत्र कार्यान्वयन नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको भए पनि त्यस्तो आदेश नआएपछि आइतबार ८६ जना प्रहरी अधिकृतले अवकाश पाउनुभएको हो । सोही प्रावधानका कारण नेपाल प्रहरीका थप उच्च अधिकारी पनि अवकाशमा जाँदै हुनुहुन्छ ।
इजरिया भावरिया काँधमा बौसिया कर्महारा गरिबको मन भने हौसिया ! कुनै बेला पहाडमा कोदालो (‘इजरिया’ बौँसो) ले पाखोबारी खन्दा पनि वर्ष दिन खान नपुग्ने गरिब घरपरिवार तराई (भावर) झर्थे । पछिल्लो समय भावर बसाइँ सर्नेमा मध्यम वर्गदेखि नेता, जनप्रतिनिधि र निजामती कर्मचारीको सङ्ख्या बढेको छ । पहाडका इजर (पाखोबारी) भने बाँझो हुँदै गएका छन् । बसाइँसराइका कारण पहाडी जिल्ला बैतडीको जनसङ्ख्या हरेक वर्ष ऋणात्मक हुँदै गएको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको थियो । २०७८ को जनगणना हुँदा छ हजार ४९८ जनसङ्ख्या घटेर दुई लाख ४४ हजार चार सयमा झरेको छ । तथ्याङ्क अनुसार पहाडी जिल्ला बैतडीको वार्षिक जनसङ्ख्याको ह्रास दर ऋणात्मक (–०.२५ प्रतिशत) छ ।
‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गर्नुभएको थियो। आव्हानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिक निर्वाचन प्रणाली कायम राख्नुपर्ने माग गरेको छ।
ताप्लेजुङस्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यम समितिको नयाँ नेतृत्व चयन भएको छ। उद्योग महासङ्घको नेतृत्वमा राजेन्द्रप्रसाद भारती र महिला उद्यममा बिष्णु श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्याउने निर्णय गरेको छ ।
खराब मौसमको कारण आकस्मिक अवतरण गरिएका दुई हेलिकोप्टर आइतबार रुकुमपश्चिममै रहने भएका छन्। आठबिसकोट नगरपालिका –९ को रंगशालामा आइतबार दिउँसो अवतरण भएका सिम्रिक एयर (नाइन एन–एकेडी) र नेपाली सेनाको (नाइन ए ०६६) कलसाइन हेलिकोप्टर यतै रहने भएका हुन्।
संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ।