सात वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए । जिल्लामा सञ्चलित शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले इलाका प्रहरी कार्यालय धरानको परिसरमा नवनिर्मित हिरासत भवनको उदघाटन गर्नुभएको छ ।
पाँचौँ पुलचोक कप–२०८१ अन्तर्गतको छात्रा फुटबल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुलले जितेको छ ।
जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिकाले ८० वर्ष देखि ८२ वर्ष उमेरसम्मका १५२ जना ज्येष्ठ नागरिकको सहाराका लागि लौरो र रेडियो प्रदान गरेको हो ।
बाँकेमा सम्पन्न भएको ऋद्धिसिद्धी खजुरा तीज आइडलको उपाधि झरना सुनारले हात पार्नुभएको छ ।
नवलपुरमा लाखे नाच संरक्षणका लागि लाखे नाच प्रतियोगिता गरिएको छ ।
होमस्टे गाउँका रुपमा परिचित मुस्ताङको पर्यटकीय गाउँ ठिनीमा भाद्र (फाला) पर्वको रौनक छाएको छ ।
बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ ।
कैलालीमा रोकेर राखेको ट्रकमा गए राति मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका –१ स्थित ६ लेन सडकमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ ।
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने प्रतिवेदन पारित हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे बस्ने बैठकमा सो प्रतिवेदन पारित हुने जानकारी दिनुभयो । मुख्यसचिव पौडेलले भन्नुभयो, “केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्छ । सहमति जुटिसकेको छ ।”
नारायणगढ मुग्लिन सडकको आँपटारीमा रुख ढलेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नंं १ आँपटारीमा बिहान ८ बजेको समयमा रुख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो । ढलेको रुख सुरक्षाकर्मीले काटेर हटाएपछि बिहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।