प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प छ । स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि चैत ३ गतेदेखि आ
ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनु भएको छ ।
पुन्य रिजालद्वारा लिखित धनञ्जय गोत्रका विभिन्न थरहरुको उत्पत्तिको इतिहास समेटिएको धनञ्जय सन्तती तथा विन्दबाशिनी पूजा विधि नाम दुई पुस्तक एक कार्यक्रमबीच शनिवार विमोचन गरियो ।
जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ। वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
क्यानभासमा उतारिएका २४ जना ज्येष्ठ महिलाका भावनालाई प्रदर्शनीमा राखिएको छ। अभिव्यक्तिको सशक्त माध्यम मानिने चित्रकलामा कुनै अनुभव नभएका ६५ देखि ९३ वर्ष उमेरका ज्येष्ठ महिलाको एक दिने कार्यशालामा तयार पारिएका भावनालाई ललितपुर चाकुपाटस्थित क्लासिक ग्यालरीमा ‘सृजित सपनाहरु’ शीर्षक दिएर शनिबारदेखि प्रदर्शनीमा राखिएको हो।
विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधिन पक्की पुल भत्किएको छ। तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया–कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा सिद्धार्थ राजमार्ग सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको छ। सिद्धार्थ राजमार्ग बुटवल, पोखरा र स्याङ्जाको मात्र नभई मुलुकको अर्थतन्त्रमा टेवा दिने राजमार्ग भएको बताउँदै पर्यटक आकर्षण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
नेपालगन्जमा नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय स्थापना भएको छ।बार भवनभित्र स्थापना गरिएको सो कार्यालयको सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले उद्घाटन गर्नुभयो।
पर्यटन राजधानी पोखराको लेकसाइडमा शनिबारबाट २० औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार आयोजित सभामा महोत्सव उद्घाटन गर्नुभयो।
झापाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार बिहान आफ्नै घरको विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूमि सम्बन्धी कानुन चाँडै आउने बताउनुभएको छ। शनिबार झापाको दमकमा कोशी प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
कवि लीलाध्वज थापाको स्मृतिमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार गोविन्दराज विनोदीलाई लीलाध्वज स्रष्टा सम्मान प्रदान गरेको छ।
बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो। रोप्न तयार पारेका तरकारीका बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन्।