• ३१ चैत २०८१, आइतबार

नेपालगन्जमा कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय

blog

लुम्बिनी प्रदेश सम्पर्क कार्यालयको उद्घाटन गर्दै सर्वोच्च अदालतका न्यायाधीश मुसलमान । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत ३० गते। नेपालगन्जमा नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय स्थापना भएको छ।बार भवनभित्र स्थापना गरिएको सो कार्यालयको सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले उद्घाटन गर्नुभयो।

सो अवसरमा न्यायाधीश मुसलमानले यो कार्यालय स्थापनापछि यस क्षेत्रका कानुन व्यवसायीलाई विभिन्न कामका लागि सहज हुने बताउनुभयो।

सो अवसरमा मुख्य न्यायाधीश चन्द्रबहादुर सारु, जिल्ला अदालतका न्यायाधीश भिष्मराज पछाई, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, बर्दिया जिल्ला अदालत बारका अध्यक्ष खडानन्द तिवारी र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले मन्तव्य व्यक्त गर्दै नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै नेपालगन्ज पश्चिम नेपालको प्रमुख केन्द्र भएकोले नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय स्थापना गरिएकोमा धेरैलाई त्यसको लाभ पुग्ने बताउनुभयो।

उच्च अदालत बार एसोसिएसन अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बार अध्यक्ष मेहरसिंह खत्री, वरिष्ठ अधिवक्ता र अधिवक्ताको उपस्थिति रहेको थियो।

बाँके जिल्ला तथा उच्च अदालत बार एसोसिएसन नेपालगन्ज र नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा नव वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम राखिएको नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेशका पाषर्द ईश्वरी ज्ञवालीले बताउनुभयो।

उहाँले कार्यालय स्थापनापछि आफूले गर्ने कामलाई व्यवस्थित तरिकाले सम्पादन गर्न सहज हुने जनाउँदै यसबाट यस क्षेत्रका धेरै कानुन व्यवसायीलाई विभिन्न काममा सहयोग पुग्ने बताउनुभयो।