• ३० चैत २०८१, शनिबार

गोविन्दराज विनोदी सम्मानित

blog

काठमाडौँ, चैत्र ३० गते।  कवि लीलाध्वज थापाको स्मृतिमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार गोविन्दराज विनोदीलाई लीलाध्वज स्रष्टा सम्मान प्रदान गरेको छ। 

प्रतिष्ठानका अध्यक्ष थापाले १० हजार नगदसहितको सम्मान प्रदान गर्नुभएको हो। गम्भीर स्वास्थ्य समस्याको उपचार गराइरहनुभएका विनोदीलाई प्रदान गरिएको सम्मान उहाँकी छोरी शोभा गिरीले ग्रहण गर्नुभयो। 

कार्यक्रममा विशिष्ट अतिथि ज्ञाननिष्ठ ज्ञवाली तथा उपस्थित साहित्यकारले साहित्यकार लीलाध्वज थापाबारे चर्चा गर्दै उहाँको उपन्यास बारेमा चर्चा गर्नुभयो।   

कार्यक्रममा उपस्थित स्रष्टाले विनोदीको सुस्वास्थ्यको कामना गर्नुभयो। कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। 

अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्नुभयो।