राष्ट्रब्यापी र्यापिड १८०० रेटिङ्ग मुनिको चेस उपाधि मकवानपुरका लोकबहादुर गोलेले जित्नुभएको छ ।
गत असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै आएको बाढी पहिरोेले चैते धान रोपिँदै आएका फेमे, हेँवा र तमोर नदी गड्तीरका खेत बगाउनका साथै सिँचाइका लागि बेंशीसम्म लगिने कुलो बगाएका कारण धान उत्पादनमा कम हुने अनुमान कृषि ज्ञान केन्द्र पाँचथरले गरेको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो।
नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ ।
अन्तर्राष्ट्रिय हक्की महासङ्घ (एफआइएच) स्थापना भएको १००औँ वर्षको अवसरमा नेपालमा पनि अन्तर्राष्ट्रिय हक्की दिवस मनाइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै कर्मले राजाको बिदाइ भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने बताउनुभएको छ।
एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा श्री कुमारीले नयाँ बस्तीलाई २–० गोलले हरायो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ।
हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो।
नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा सुरु गरिएको रैथाने खाना एवं सांस्कृतिक महोत्सव–२०८२ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएकाे छ ।
आर्थिक वर्ष २०८-८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ पक्की पुल तथा ४२ झोलुङ्गे पुल निर्माण भएका हुन् ।
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ ।
बाजुराको बडीमालिका नगरपालिका-९ मा पर्ने कवल्टा क्षेत्रको विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो ।
अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् ।