• २ वैशाख २०८२, मङ्गलबार

नयाँबस्तीमाथि श्री कुमारीको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै श्री कुमारी र नयाँबस्तीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, चैत ३१ गते । श्री कुमारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती क्लबमाथि सहज जित निकालेको छ । 

एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा श्री कुमारीले नयाँ बस्तीलाई २–० गोलले हरायो । श्री कुमारीलाई जित दिलाउन सुजन रानाले १४औँ र यमन महर्जनले इन्जुरी समयमा गोल गर्नुभयो ।  

जितसँगै श्री कुमारीले ६ खेलबाट ६ अङ्कक बनाएको छ । नयाँबस्तीको समान खेलबाट पाँच अङ्क छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । 

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।