सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।
प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीका प्रतिनिधिहरुसँग छलफल सुरु गरेको छ । संसद्ले दिएको कार्यादेशअनुसार आज सिंहदरबारमा जारी छलफलमा सहकारीको रकम दुरुपयोग सम्बन्धमा छलफल सुरु गरेको हो ।
झाडापखाला लागेर चार जनाको मृत्यु भएको बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँकेको टोली चिकित्सक र औषधीसहित पुगेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताउनुभयो ।
डेंगुका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनमा डेँगुले मृत्यू हुने यो पहिलो घटना हो । चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल कलेजमा उपचार भइरहेका एक जना पुरुषको डेँगूका कारण मृत्यु भएको हो ।
भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ ।
सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले नै भर्ना, मासिक शुल्कलगायतका शुल्क व्यहोर्ने भएको छ ।
चुम्न मन लाग्ने आँखै अगाडि गुर्जा, दोगाडी, चुरेन, पुथा, सिस्ने, धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णलगायत सेताम्मे हिमालका लस्कर, साथमा काला पत्थर ।
सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले राजधानी कायरोमा सोमाली समकक्षी हम्जा अब्दी बार्रेसँग आर्थिक र सुरक्षा सहयोगका बारेमा छलफल गर्नुभएको छ ।
पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–१० गेझा बर्दलेका ४० वर्षीय यमबहादुर खरुमगर रहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत भदौ १२ गतेदेखि बन्द भएको सडक सञ्चालनमा आएको हो ।
स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिनुभयो । आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव हुनुहुन्छ ।
भारतको कोलकाताबाट डिबी परियारको सत्प्रयासमा सत्य हरिशचन्द्रको निर्माणपश्चात् नेपाली भाषामा चलचित्र बनेको इतिहास छ । हुन त यो विषय निर्माणको सन्दर्भ आजपर्यन्त विवादित रहेको छ । कसैले यसलाई नेपाली भाषामा डबिङ मात्र गरिएको र कसैले बन्दै नबनेको दाबी गरे पनि राजा त्रिभुवन र नाट्यसम्राट बालकृष्ण समले आफ्नै आँखाले यसको छायाङ्कन देखेको बताएकाले यसको निर्माण र नेपाली भाषामा भएको छायाङ्कनका बारे विवाद गर्नु त्यति आवश्यक देखिँदैन ।
कलामा प्रतीक वा विम्बहरू हजारांँ वर्षदेखि राजसी ढङ्गले ठाँटबाँटका साथ बसिरहेका देखिन्छन् । समुदायबिच कहिले कला आफैँ विम्बका रूपमा देखा पर्दछ । (चैत्य, स्तूप, प्रतिमा स्वयं