नेकपा (माओवादी केन्द्र)को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक मङ्गलबारदेखि पेरिसडाडामा सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।
मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी गरिएका निर्णय पूर्णरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ् अटो वर्कशप नजिकैबाट सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार चार सय रुपियाँ बराबरको सामान बरामद गरेको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बै बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुँदै छ ।
महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको हो ।
नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुँदैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले मङ्गलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् ।
फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो ।
बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो ।
गाजामा बन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामका लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम गरी गाजामा बन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो ।
नवलपुरका द्वन्द्वपीडित परिवारले १० वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावितले अझै पनि न्याय पाउन नसकेको बताएका छन् । कलिलो उमेरमा विवाहमा बाँधिनुभएका कावासोती–२ का पार्वती सिग्देल आफ्नो श्रीमान् बेपत्ता भएपछि पर्खेर बसेको ३० वर्ष पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लास नदेख्दासम्म सास छ कि भन्ने आस हुँदो रहेछ ।” समाजका अगुवाले अब श्रीमान् फर्कंदैनन् भन्दा आफ्नो मनले नमान्ने उहाँ बताउनुहुन्छ ।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको म्याद तीन महिनाभन्दा बढी थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्न निर्माण कम्पनीले आग्रह गरे बमोजिम समय थप गरिएको हो । निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् प्रशारण लाइन सार्न तथा खानेपानीको पाइप व्यवस्थापन गर्न समस्या हुँदा काम प्रभावित भएको थियो । आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले एक सय एक दिन म्याद थप भएको जानकारी दिनुभयो । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर दुरीमा ३० प्रतिशत प्रगति पुगेको उहाँले जानकारी दिनुभयो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाँउका गणेश शाहको हत्या भएको ३० वर्ष पूरा भएको छ । हालसम्म पनि मृतकका परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।