• २ वैशाख २०८२, मङ्गलबार

सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु

blog

घटनामा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी।

जानु पाण्डे

कपिलवस्तु, चैत ३१ गते। कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो।

घटनामा संलग्न गरेका सोही स्थानका रामबहादुर थारु, कालु भन्ने राम थारु र प्रवेश थारुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ। मगरका परिवारले बाख्रा चराउन जाँदा अज्ञात व्यक्तिले गोली हानेको शंकास्पद सूचना दिएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान सुरु गरेको थियो। प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमान्डमा खटिएको टोलीले अनुसन्धान गर्दा शनिबार बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्दा मगरलाई गोली लागेको रहस्य खुलेको थियो। 

उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवाका उहाँको मृत्यु भएको थियो। सिकार खेल्दै गर्दा सवारी साधनको आवाज सुनेपछि सिकार खेल्न गएका चार जना लुक्न खोज्दा रामबहादुर थारुले बोकेको राइफल पड्किएर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूबाट दुई नाल बन्दुक समेत बरामद गरेको छ।