कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विपत् जोखिम न्यूनीकरण र व्यवस्थामा उल्लेख्य सुधार गरेको पाइएको छ । विगत पाँच वर्षको अवधिमा नगरपालिकाले विपत् न्यूनीकरण र व्यवस्थापनमा सुधार गर्दै उत्तम श्रेणी हासिल गर्न सफल भएको हो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अनुक्रमणिका स्वमूल्याङ्कन नतिजा २०२४ मा वीरेन्द्रनगर नगरपालिकाले १६० अङ्कभारमा १५१ अङ्क अर्थात् ९४ प्रतिशत नतिजा प्राप्त गरी उत्तम श्रेणी हासिल गर्न सफल भएको छ । जबकि २०२० मा नगरपालिकाले केवल ६३ अङ्क प्राप्त गरेको थियो ।
सुर्खेतबाट जुम्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालीकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर यो राजमार्ग जुम्ला पुग्ने गर्दछ । यो राजमार्गलाई कर्णाली विकासको मेरुदण्डसमेत मानिएको छ । राजमार्ग सञ्चालनमा आएयता सानादेखि भयानक दुर्घटना भएका छन् । दुर्घटनाको क्रम अहिले पनि रोकिएको छैन तर पनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यानै पु¥याउन सकेको छैन । खाल्डा टालटुलका लागि फाट्टफुट्ट बजेट आउने गरे पनि समग्र राजमार्ग विकासका लागि पर्याप्त बजेट नआउँदा सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेका छन् ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको हो ।
सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटमार्फत सुशासन कायम गर्ने उद्दे्श्यका साथ बजेट निर्माणमा जुटेको छ । भदौ २० भित्र बजेट ल्याउने तयारी गरेको मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले वित्तीय अनुशासन कायम गर्ने लक्ष्यका साथ बजेट ल्याउन लागेको हो । असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको नियमित बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले नयाँ बजेटमार्फत सुशासन कायम गर्ने उद्देश्यका साथ तयारी थालेको हो । यसका लागि प्रदेश सरकारले बजेट निर्माणका सम्बन्धमा चार वटा आधार सार्वजनिक गरेर बजेटमार्फत प्रदेशको विकासमा सुशासन कायम गर्ने बताएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएपछि टीकापुर बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीको शुल्क घटेको छ भने छात्रवृत्ति पनि पाउन थालेका छन् । विसं २०५८ मा समुदायले स्थापना गरेको टीकापुर बुहमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा थियो भने अहिले सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएको छ ।
जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो ।
जीवनका निम्ति अपरिहार्य पानीमा विश्वमै सम्पन्न मुलुक भएर पनि व्यवस्थापन गर्न नसक्दा अधिकांश सहरबजारमा बाह्रै महिना खानेपानी अभाव हुने गरेको छ । संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई मौलिक हकमा राखेको छ । यद्यपि अहिलेसम्मको अवस्था हेर्दा स्वच्छता त परको कुरा, पानी मात्रै पाए पनि उपभोक्ता हर्षित हुने अवस्थामा छन् । बर्सौंदेखि खानेपानीको चरम अभाव झेल्दै आउनेमा काठमाडौँ उपत्यका हुँदै हो । उपत्यकावरपरको जलाधारको व्यवस्थापनले उपभोक्ताको बढ्दो चाप र मागलाई धान्न नसकेपछि विकल्पको मेलम्ची खानेपानी आयोजना बर्सौंको प्रयास र अर्बौं रुपियाँको लगानीमा ल्याइए पनि पानी आपूर्तिमा समस्या छ । भएका इनार सुक्दै गएका, ढुङ्गेधारामा पानी आउन छोडेको र सहज व्यवस्थापनसमेत हुन नसकेपछि ठुलै खर्च गरेर ‘डि
सार्वजनिक प्रशासन आमजनता र उनीहरूको सरोकारको विषय हो । मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रको विकासमा सार्वजनिक प्रशासनले कस्तो भूमिका निर्वाह गर्नु पर्छ भन्ने कुरा मुलुकले अवलम्बन गरेको प्रणालीमा निर्भर हुन्छ । पुँजीवादी अर्थ व्यवस्था अँगालेको मुलुकमा सार्वजनिक प्रशासनले हस्तक्षेपकारीभन्दा नियमनकारी भूमिका निर्वाह गर्छ भने साम्यवादी अर्थ व्यवस्था अँगालेको मुलुकमा राज्यले आफ्नो संयन्त्रमार्फत उत्पादनका साधनको परिचालन गर्छ । यसरी पुँजीवादी अर्थ व्यवस्थामा सरकारको अस्तित्व नै कमजोर हुने र साम्यवादी अर्थ व्यवस्थामा सरकार निरङ्कुश हुन खोज्छ । यसले सामाजि
बागमती प्रदेश सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ विविध कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा बागमती प्रदेशस्तरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाउन तयारीमा लागेको जानकारी गराएको हो ।
सर्लाहीको चुरेवर्ती विकट गाउँ छाडेर सुगम ठाउँमा बसाइँ सर्नेहरू बढेका छन् । जिल्लाको उत्तरवर्ती ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको सिन्धुलीसँग सीमा जोडिएका दुर्गम चुरेपाखाका बासि
युरोपेली सङ्घ (इयु) ले मङ्गलबार विपक्षी राष्ट्रपतिका उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई भेनेजुएलाको अदालतले जारी गरेको पक्राउ पुर्जीलाई खारेज गरेको छ । गोन्जालेज उरुटियाले जुलाईमा भएको निर्वाचनमा सही रूपमा जितेको दाबी गर्नुभएको छ ।
बहालवाला तथा सेवानिवृत्त निजामती कर्मचारी र तिनको परिवारको स्वास्थ्योपचारसम्बन्धी व्यवस्था गर्न निजामती कर्मचारी अस्पतालको व्यवस्था गरिएको छ । काठमाडौँको मीनभवनमा रहेको यस अस्पतालबाट हाल निजामती कर्मचारी तथा तिनको परिवारलगायत सर्वसाधारण नेपाली नागरिकसमेतले स्वास्थ्य सुविधा प्राप्त गर्दै आएका छन् । नेपाली सेना तथा नेपाल प्रहरीको आफ्नो छुट्टै अस्पताल रहेको परिप्रेक्ष्यमा निजामती कर्मचारीको सुविधाका लागि समेत एक विशिष्ट अस्पतालको आवश्यकता महसुस गरियो । अनि नेपाल सरकाले अस्पतालको भौतिक पूर्वाधार निर्माणलगायत सहयोगका चीन सरकारलाई अनुरोध गरियो
भारतले फुट्ने जोखिम भएका करिब दुई सय हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली स्थापना गरिरहेको प्रकोप अधिकारीहरूले मङ्गलबार बताएका छन् । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने घातक खतरा भएको छ ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । सेयर निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले जारी पुँजीको १४.८६ प्रतिशत अर्थात् ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको जनाएको छ । सन् २०१८ मा स्थापित यस कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरेर भेटेरिनरी सम्बन्धी औषधीको अनुसन्धान तथा आहारपूरक सप्लिमेन्ट्स उत्पादन गर्दै आएको उल्लेख गरेको छ ।
इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए ।