तौल घटाउन र स्वस्थ रहन विविध ब्रान्डका ग्रिन टी अर्थात् हरियो चियामा अचेल दिनानुदिन आकर्षण बढ्दै गएको छ । यस्तै ग्रिन कफीसमेत लोकप्रिय छ । ग्रिन कफी भन्नाले हरियो कफीको दाना या धुलो हो जुन रोस्ट अर्थात् भुटेको हुँदैन । आकर्षक साना साना प्याकमा विभिन्न ब्रान्डमा यो कफी बजारमा उपलब्ध हुन थालेको छ । ग्रिन कफी ग्रिन टीभन्दा भिन्न स्वादको हुन्छ । यो कुनै नौलो हर्बल टी जस्तो पनि होइन । काँचो कफी सुकाएर धुलो या गेडामै तातोपानी मिसाएर पिउने गरिन्छ । कफी पारखीका लागि भने यो स्वाद अलि भिन्न लाग्न सक्छ ।
अति विकसित मुलुकमा बालबालिकामा लाग्ने क्यान्सरमध्ये करिब ८० प्रतिशतको सफलतापूर्वक उपचार सम्भव हुन्छ । अत्याधुनिक औषधोपचार र प्रभावित व्यक्तिको उच्चस्तरीय स्याहारसुसारका कारण पनि यो सम्भव भएको भन्न सकिन्छ तर विडम्बना संसारभरिका क्यान्सर ग्रसित बालबालिकामध्ये केवल १० प्रतिशत मात्र ती देशमा छन् । अर्थात् बहुसङ्ख्यक यस्ता बिरामी विकासोन्मुख वा विकासशील देशमा छन् । सबै प्रकारका क्यान्सरबाट प्रताडित व्यक्ति (बालबालिका र वयस्क) मध्ये केवल एक प्रतिशत मात्र बालबालिका छन् । त्यसो भएर पनि बालबालिकामा लाग्ने क्यान्सरको समस्यालाई ठूलो बोझका रूपमा लिने गरिएको छैन ।
पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।
मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुख र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच मङ्गलबार छिमेकी मुलुकबिचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई प्रवर्द्धन गर्ने सहमति भएको छ ।
बाँके प्रहरीले जिल्लाको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ । यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौँ महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ ।
डेङ्गु सङ्क्रमण बढेपछि नेपाल रेडक्रस सोसाइटी तनहुँले जिल्लामा तीनमहिने अभियान थालेको छ । तनहुँमा निरन्तर डेङ्गुका बिरामी बढ्ने र मृत्युसमेत हुन थालेकाले आगामी तीन महिनासम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरिने रेडक्रसले जनाएको छ । रेडक्रसले रगतको आपूर्ति, प्राकृतिक विपत् व्यवस्थापनमा उद्धार, राहत र अस्थायी पुनर्बासलगायतमा साझेदारीसँगै महामारीको समयमा सरकारसँग सहकार्य गर्दै आएको थियो ।
अर्घाखाँची शीतगङ्गा नगरपालिका–११, १२, १३ र १४ का विभिन्न ठाउँमा रहेका सामुदायिक वनले गाउँबस्तीको विकासमा साझेदारी गर्दै आएका छन् । सामुदायिक वनको आम्दानीबाट थुप्रै विकास निर्माणका काम भइरहेका छन् । शीतगङ्गा–१३, धिरीखोला सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट सडक, सिँचाइ, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट, विद्युत् विस्तार, बाख्रापालन, कुखुरापालन, वैदेशिक रोजगारीमा जानेलाई आर्थिक सहयोग गर्ने गरिएको छ । धिरीखोला सामुदायिक वनका अध्यक्ष रेमकला गुरुङले यसो गर्दा गाउँका सबै उपभाक्ता आत्मनिर्भर हुँदै गएको बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
गाउँपालिकाले सञ्चालनमा ल्याएको मोबाइल एप्समा आएका एक दर्जन गुनासोमा बाटो अवरुद्धसम्बन्धी गुनासो बढी छन् । यहाँको कालीगण्डकी गाउँपालिकाले नागरिकको गुनासो सुन्न सञ्चालनमा ल्याएको मोबाइल एप्समा सडक अवरुद्ध भएको र खुलाउन पहल गरिदिन आग्रह गर्ने गरिएको छ । प्रशासकीय अधिकृत नरेश गिरीले सडक अवरुद्धका साथै पहिरोले बस्ती जोखिममा रहेको गुनासो आएकाले तत्काल सम्बोधन गरी जानकारी गराइएको जानकारी दिनुभयो ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको तीन महिनाभन्दा बढि समयपछि सुकेटारमा नेपाल वायु सेवा निगमले उडान सुरु गरेको हो ।
दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । स्वास्थ्य मन्त्रालय प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको सिटी स्क्यान गर्ने मेसिन बिग्रिएपछि पाँच महिनादेखि सेवा बन्द भएको हो । राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा गम्भीर नसासम्बन्धी बिरामी तथा दुर्घटनाका घाइतेलाई उपचारका लागि अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता छ । राप्ती प्रादेशिक अस्पताल प्रशासन शाखाका प्रमुख रेश्मीराज अधिकारीका अनुसार प्रदेश आपूर्ति केन्द्र बुटवलको आर्थिक सहयोगमा करिब चार वर्षअघि सिटी स्क्यान मेसिन जडान भएको थियो ।
तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारबाही गर्ने भएको हो ।
स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएका छन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको रुपमा रहेका खेली र रोइला संरक्षणका लागि युवाहरुले अभियान नै सुरु गरेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा