तनहुँको व्यास नगरपालिका–२ गणेशमानचोक निवासी पावित्रा शाहीको छोरा वर्ष ११ को यमन शाही पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ ।
सङ्घीय सरकारमार्फत् मकवानपुर जिल्लाको दस पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन् ।
अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् ।
बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ ।
प्रादेशिक अस्पताल जलेश्वरको गेटमै दुई फिटभन्दा बढी पानी जमेपछि उपचारका लागि आउने बिरामी र कुरुवाहरूलाई समस्या भएको छ ।
ओखलढुङ्गाको लिखु गाउँपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । लिखु गाउँपालिका–५ मझुवाका ४६ वर्षका हर्क श्रेष्ठ, केशरी सुनुवार, कृष्णमाया सुनुवार विष्णुमाया सुनुवार र भोजबहादुर सुनुवार चट्याङ लागेर घाइते हुनुभएको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा सङ्गठित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
भूकम्पको अत्यधिक जोखिममा रहेका नेपालगन्ज उपमहानगरका दुई वटा वडाका पुराना र जिर्ण अवस्थामा रहेका १५१ वटा आवासीय घरको बीमा गरिएको छ ।
कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ । सङ्घीय सरकारको नीति अनुरूप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो ।
प्रथम नेपाल खो-खो लिग प्रतियोगिताको उपाधि नेचर नेस्ट टाइगर्सले पाएको छ । नेचर नेस्टले खो-खो खेलमा ४६ अङ्क ल्याएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु सङ्कुचित हुँदै गएको बताउनुभएको छ ।
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवा र भानु–घाँसी स्मारक पार्क पुनर्निर्माणको माग गरिएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारको क्रममा भत्किएको कुवा र पार्क गण्डकी प्रज्ञा प्रतिष्ठानद्धारा पुनर्निर्माणको माग गरिएको हो ।
गुल्मीमा बुधबार रातिको हावाहुरीले विभिन्न स्थानमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको हालसम्मका विवरण अनुसार यस जिल्लाका विभिन्न छ स्थानमा क्षति पुर्याएको हो ।
पोखरा महानगरपालिका ९, पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार कुलपति समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको हो ।